काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अख्तियार र अदालत धाउने समूहका कारण विकास निर्माणमा असहज भएको आरोप लगाएका छन् ।
महानगरको विकाससँग जोडिएका विषयमा अख्तियार र अदालत पनि सकारात्मक हुनुपर्ने उनले बताएका छन् ।
‘बिरालोलाई बाँधेर श्राद्ध गर्ने परम्पराको अन्त्य हुनुपर्छ,’ मेयर शाक्यले भने, ‘जनप्रतिनिधिका पनि केही समस्या र बाध्यताहरू हुन्छन्, यस्ता बाध्यतालाई सबैले बुझिदिनुपर्छ ।’
महालेखा परीक्षकको कार्यालयका प्रतिनिधिसँगको छलफलमा मेयर शाक्यले जे काम गर्न लागेपनि एउटा झुण्ड सधैं अदालत वा अख्तियार पुगिहाल्ने कारणले कार्यसम्पादनमै अवरोध पुग्न थालेको बताए । उनले भने, ‘एउटा समूह छ, जसले हरेक काममा उजुरी बोकेर अख्तियार, पुरातत्व र अदालत धाउन थाल्छ, यस्ता काम रोक्नुपर्छ ।’
न्यायिक र छानबिन गर्ने राज्यका निकायमा जाने हरेक नागरिकको मौलिक हक भएपनि मेयर शाक्यले त्यसको विरोध गरे । आफूहरू कानून र संविधानभन्दा माथि नभएको भन्दै महालेखा परीक्षकको विधिभित्र बसेर काम गर्न कुनै समस्या नरहेको मेयर शाक्यले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।