आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

देउवा र पौडेलको विवादमा गुरूङले दिए बोल्ड अभिव्यक्ति, चौतर्फी वाहवाही

देउवा र पौडेलको विवादमा गुरूङले दिए बोल्ड अभिव्यक्ति, चौतर्फी वाहवाही

  • शनिवार, चैत्र १ २०७६

  • 4.1K
    SHARES

  • काठमाडौं– नेपाली कांग्रेसका अनुशासन समितिका सदस्य धनराज गुरुङले पार्टीको नीति उल्लंघन गर्नेलाई प्रमाणका आधारमा अनुशासन समितिले कारबाही गर्ने बताएका छन्।

    अनुशासन समितिले गर्ने कारबाहीमा संस्थापन पक्ष हाबी हुँदै गएपछि समिति सदस्य गुरुङले नेतृत्वको निर्देशनमा कसैलाई कारबाही वा उन्मुक्ति दिने कार्य नहुने प्रष्टाएका छन्। ट्विटरमा गुरुङ लेख्छन्, ‘अनुशासन समितिको आफ्नै कार्यविधि र न्याय सम्पादन गर्ने पद्धति छ। प्रमाणले जे बोल्छ,त्यही गरिन्छ।’

    पार्टी नेताले दिएको मौखिक निर्देशन कारबाहीका लागि प्रमाण नहुने उनले स्पष्ट पारेका छन्। प्रमाणलाई आधार नमान्ने भए केन्द्रीय समिति बैठकले आममाफीको निर्णय गर्न उनले सुझाव दिएका छन्।

    पार्टी नीति उल्लंघन गरेको भेटिए समितिका सबै सदस्यले सर्वसहमतिमा कारबाहीको सिफारिस गर्नुपर्ने विधि तय गरिएको छ। पाँच सदस्यीय समितिमा गुरुङले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको प्रतिनिधित्व गरेका छन्। नेता कृष्णप्रसाद सिटौलापक्षका समिति सदस्य उमाकान्त चौधरीले राजीनामा दिएपनि स्वीकृति भने भएको छैन।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, चैत्र १ २०७६०३:११:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend