आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेसमा देउवाको गम्भीर ‘षड्यन्त्र’, रामचन्द्र पौडेलले गरे पर्दाफास !

कांग्रेसमा देउवाको गम्भीर ‘षड्यन्त्र’, रामचन्द्र पौडेलले गरे पर्दाफास !

  • शुक्रवार, फाल्गुण ३० २०७६

  • 4.6K
    SHARES

  • काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नै ध्वस्त हुने गरी गम्भीर षड्यन्त्र गरिरहेको खुलासा भएको छ । पार्टीमा गलत कामको खबरदारी गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवाका कर्तुतको पर्दाफास गरेका छन् । सभापति देउवाले आफूलाई मन नपरेको नेता तथा कार्यकर्तामाथि कारबाहीको नाममा गम्भीर षड्यन्त्र गरिरहेको खुलासा गरेका छन् । शुक्रबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै नेता पौडेलले निर्वाचनमा अन्तर्घात गर्ने र विमति राख्ने नेता कार्यकर्तालाई विभिन्न आरोप लगाउँदै देउवाले कारवाही गरिरहेको दाबी गरेका छन् । नेता पौडेलले फरक मत राख्नेमाथि कारवाहीको नाटक गर्न खोजिएको भन्दै आपत्ति समेत जनाएका छन् । ‘स्वयं बागी उम्मेदवार बनेर खुलेआम अन्तर्घात गर्ने व्यक्ति र आफूलाई मन परेन भन्दैमा अन्दाजको भरमा आरोपित कार्यकर्तालाई सँगै जोडेर कारवाहीको नाटक जो मञ्चन गरिएको छ, यो घृणित षडयन्त्र हो,’ विज्ञप्तिमा पौडेलले दाबी गरेका छन् । नेता पौडेलले षड्यन्त्र र अनेक विकृत उपाय अवलम्बन गरी सत्तामा हाबी भइरहन चाहने प्रवृत्तिसँग पार्टीभित्र लडाइँ जारी रहेको बताएका छन् । ‘नेपालमा पार्टी र लोकतन्त्र यस्तै प्रवृत्तिबाट कमजोर भएको छ,’ पौडेलले भनेका छन्, ‘मलाई यो सह्य छैन ।’ निर्वाचनमा अन्तर्घात गरेको आरोपमा कैलालीका नेता पुष्कर ओझा, नेपालगञ्जका महेन्द्र मल्ल ठकुरी, तनहुँका गोविन्दराज जोशी र डडेल्धुराका पार्टी कार्यालय सचिव रामबहादुर बिष्टलाई कारबाही गर्ने विषयमा पार्टी सभापति शेरबहादुर देउवा र पौडेलबीच सहमति भएको भन्ने समाचारको वरिष्ठ नेता पौडेलले खण्डन समेत गरेका छन् । अनुशासन समितिले चारै जनालाई दोस्रो पटक स्पष्टीकरण सोधेको थियो । लोकतान्त्रिक पार्टी कांग्रेसमा फरक मतको सम्मान हुनुपर्नेमा देउवाले निरंकुश र कम्युनिस्ट पार्टीको जस्तो व्यवहार गर्न थालेकोमा पौडेल समूहले आपत्ति जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण ३० २०७६०२:४९:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend