काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विश्लेषण भनेर युट्युबमा परिचित पुण्य गौतमले नेकपा सरकारको पावर देखाएका छन् ।
गौतममाथि हातपात गरेको आरोप लगाउँदै महानगरीय प्रहरी बृत्त गौशालाले ३ जना युट्युबरलाई हिरासतमा राखेको छ ।
पुण्य गौतमलाई हातपात गरेको अभियोगमा युट्युबरलाई अनुसन्धानका लागि हिरासतमा राखिएको गौशाला प्रहरी वृत्त प्रमुख डीएसपी प्रदीपकुमार सिंहले बताएका छन् ।
प्रहरीले युट्युबर सन्तोष सापकोटा, दिपेश श्रेष्ठ र कमल बस्नेतलाई हिरासतमा राखेको छ । तीनै जनामाथि अभद्र व्यवहारको मुद्दा चलाएर कारवाही गरिने प्रहरीले जनाएको छ ।
केही दिनअघि युट्युबर र पुण्य गौतमबीच विवाद भएको भिडियो सार्वजनिक भएको थियो । गौतम विभिन्न युट्युब च्यानलमा चर्का कुरा गरिरहेका भिडियोमा देखिने गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।