काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौलाको सफल प्रत्यारोपणपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
मिर्गौला प्रत्यारोपण गरिएको १० औं दिन र अस्पताल भर्ना भएको १२ औं दिनमा प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
अस्पतालका प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले अघिल्लो साताको बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको थियो । ओलीलाई भाञ्जी समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन् ।
ओलीले यसपालि दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेकाले जटिलताका साथ हेर्दै संक्रमणको खतरा हुने चिन्ता गरिएको छ । ओलीले पहिलोपटक १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका थिए ।
ओली अस्पतालबाट बाहिरिएर बालुवाटार गएपछि निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहले ओलीलाई निरन्तर चिकित्सकको निगरानीमा राख्नुपर्ने रहस्य खुलासा गरेकी छन् । शुक्रबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै डा. शाहले ओलीले आवश्यक सतर्कताका साथै नियमित आवश्यक सबै कार्य गर्नसक्ने जनाएकी छन् ।
हेर्नुस् डाक्टर शाहको विज्ञप्ति –
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।