आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चोख्खिन खोजेका बास्कोलाई आपत, सांसदहरुले गरे बोल्ड निर्णय

चोख्खिन खोजेका बास्कोलाई आपत, सांसदहरुले गरे बोल्ड निर्णय

  • शुक्रवार, फाल्गुण ३० २०७६

  • 5.6K
    SHARES

  • काठमाडौं– संसदको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ्ग प्रेस खरिद प्रक्रियामा भएको अनियमितताको अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको लेखा समितिको बैठकले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा छानविन गर्न आग्रह गर्ने निर्णय गरेको हो । सो विषयमा अनुसन्धान गर्न समितिले आयोगलाई पत्र समेत पठाएको छ । प्रिन्टिङ्ग प्रेसको विषयसँगै जोडिएर आएका सार्वजनिक गरिद प्रक्राया र जीटुजीको खरिद प्रक्रियाका सम्बन्धमा समेत छलफल हुनेछ । समितिले केही दिनभित्र खरिद प्रक्रियाका विषयमा मन्त्रालयका सचिवसहित मन्त्रीलाई राखेर छलफल गर्ने जनाइएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद डा.मीनेन्द्र रिजाल, नेकपाका सांसद बिरोध खतिवडा, कांग्रेसका सांसद राजन केसी, राजपा नेपालका सांसद शरतसिंह भण्डारीसहितका सांसदले सेकयुरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई नै बोलाएर जानकारी लिनुपर्ने माग गरेका थिए । उनीहरूले सबै खरिद प्रक्रिया रोकेर नयाँ ढंगले अगाडि बढ्नुपर्ने बताएका थिए । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटासँग जोडिएको अनियमितताको अडियो टेप सार्वजनिक भएको थियो । त्यसपछि बास्कोटाले मन्त्री पद गुमाउनु परेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण ३० २०७६११:१६:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend