शुक्रवार, फाल्गुण ३० २०७६
काठमाडौं– नेपाली कांग्रेस दाङका पूर्व सचिव शंकर गिरी प्रदेश सांसद हुने लगभग निश्चित भएको छ। रुपन्देही निवासी प्रदेश ५ का जेष्ठ प्रदेशसभा सदस्य बलदेव शर्मा पोखरेलको निधनपछि रिक्त स्थानमा गिरी प्रदेश सांसद बन्ने निश्चितजस्तै भएको छ।
कांग्रेसले रिक्त समानुपातिक तर्फको प्रदेश सदस्यका लागि नेता गिरीको नाम यसअघि नै स्व. शर्मापछि दोस्रो नम्वरमा सिफारिस गरेको थियो।
पार्टी सभापति शेरबहादुर देउवाले नेता गिरीलाई प्रदेश सांसद बनाउन निर्वाचन आयोगलाई नाम सिफारिस गरिसकेका छन्।
तुलसीपुर उपमहानगरपािलका वडा नं. १२ कचिलाका स्थायी बासिन्दा गिरी हाल नेपालगञ्जमा बस्दै आएका छन्।
तुलसीपुरस्थित अमरमावि उरहरीका पूर्व प्रधानाध्यापक गिरीले राजनीतिमा लागेपछि शिक्षण पेशा समेत छोडेका थिए। पार्टीभित्र प्रखर बक्ताको रुपमा परिचित गिरी राजनीतिमा अवसर नपाउने मध्यका एक नेता हुन्। शंकर नेता दीपक गिरीका दाजु हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।