काठमाडौं – विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको त्रास बढिरहेका बेला स्पेनकी महिला मन्त्रीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्पेनकी समानता मन्त्री आइरेने मोन्तेरोलाई कोरोना भाइरसको संक्रमण भेटिएको अस्पतालले पुष्टि गरेको छ ।
मन्त्री आइरेनेमा भाइरसको संक्रमण देखिएपछि उनलाई पतिका साथ क्वारेन्टाइनमा राखिएको छ । बिहीवार स्पेन सरकारले विज्ञप्ति जारी गर्दै मन्त्रीमा भाइरसको संक्रमण देखिएको जनाएको छ ।
भाइरसको संक्रमण देखिएपनि मन्त्रीको अवस्था सामान्य रहेको स्पेन सरकारले जनाएको छ । त्यहाँ कार्यबाहक प्रधानमन्त्री पाब्लो ल्गलेसियसलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।
प्रधानमन्त्री पेद्रो सान्चेजले कोरोना भाइरस संक्रमणबारे भोलि शुक्रवार भिडिओ कन्फ्रेन्स गर्ने घोषणा गरेका छन् । यसअघि इरानमा ८ जना र बेलायतमा १ जना उच्चपदस्थ व्यक्ति कोरोनाको संक्रमण देखिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।