आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आजै रातिदेखि चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना, सतर्क रहन चेतावनी

आजै रातिदेखि चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना, सतर्क रहन चेतावनी

  • बिहिवार, फाल्गुण २९ २०७६

  • 6.3K
    SHARES

  • काठमाडौं – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पश्चिम नेपालका केही स्थानमा बिहीबारै रातिदेखि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । बिहीबार साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले सतर्क रहन चेतावनी समेत दिएको छ । आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ, ‘पश्चिमी भू–भागका केही स्थानहरूमा र मध्य तथा पूर्वी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको तथा देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ ।’ बिहीबार देशभर मौसम सफा रहेपनि रातिदेखि पश्चिमी वायूको प्रभावले वर्षाको सम्भावना रहेको उल्लेख छ । हेर्नुस् मौसमी बुलेटिन –

    नेपाल सरकार

    उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

    जल तथा मौसम विज्ञान विभाग

    मौसम पूर्वानुमान महाशाखा

    मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

    (जारी मितिः २०७६-११-२९ साँझ ६:०० बजे)

    मौसम विश्लेषण (Meteorological Analysis):- हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। मौसमको अवस्था (Present Weather Status): हाल देशभर मौसम सामान्यतया सफा रहेको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान फागुन २९ गते (बिहिबार) रातीः देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहनेछ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ तथा हावाहुरी सहित वर्षाको संभावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात को सम्भावना छ । फागुन ३० गते (शुक्रबार) दिउँसोः देशभर सामान्य बदली रहनेछ। पश्चिमी तथा मध्य भू-भागका केही स्थानहरूमा र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ तथा हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ । देशको अधिकांश उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ । रातीः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भाग लगायत मध्यका धेरै स्थानहरूमा र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ । चैत्र ०१ गते (शनिबार) दिउँसोः देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरूमा मेघ-गर्जन/चट्याङ तथा असिना/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ । रातीः देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशका पश्चिमी भू-भागका थोरै स्थानहरुमा तथा मध्य र पूर्वका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ र असिना/हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ । आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):- पश्चिमी भू-भागका केही स्थानहरूमा र मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ तथा हावाहुरी सहित बर्षाको सम्भावना रहेको तथा देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण २९ २०७६०१:३८:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend