काठमाडौं–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नर्सिङ काउन्सिलमा नाम निकालिदिने भन्दै घुस बार्गेनिङ भएको विषयमा श्रीमतीको नाम जोडिएकोमा आपत्ति जनाएका छन् ।
काउन्सिलकी सदस्य जिता बरालले काउन्सिलमा नाम निकालिदिने भन्दै भट्टराई पत्नी विन्दा घिमिरेको नाम जोडेकी थिइन्। घिमिरे नर्सिङ काउन्सिलकी रजिस्ट्रार हुन् ।
बरालले एक नर्सलाई नाम निकालिदिने भन्दै तीन लाख रुपैयाँ घुस मागेको च्याट सामाजिक सञ्जालमार्फत बाहिरिएको थियो ।
उनले रजिस्ट्रार घिमिरेलाई एक लाख ५० हजार दिनुपर्ने भन्दै लेखेकी थिइन् ।यही विषयलाई जोडेर समाचार आएपछि मन्त्री भट्टराईले आपत्ति जनाएका हुन् । उनले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुनै गल्ती गरिएको छैन र गरिने पनि छैन । सम्बन्धित निकायले आफ्नो धारणा सार्वजनिक गर्नेछ । षड्यन्त्र र खुराफातप्रति हामी सचेत छौ । कोही पनि भ्रममा नपर्नु होला, चिन्ता नलिनुहोला ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।