आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेसी मेयरको प्रशंसनीय काम, कोरोनाबाट बचाउने साधन उत्पादन !

कांग्रेसी मेयरको प्रशंसनीय काम, कोरोनाबाट बचाउने साधन उत्पादन !

  • बिहिवार, फाल्गुण २९ २०७६

  • 4.7K
    SHARES

  • ललितपुर – नेपाली कांग्रेसबाट निर्वाचित मेयर चिरिबाबु महर्जनले नेतृत्व गरेको ललितपुर महानगरपालिकाले कोरोनाको त्रास बढेर बजारमा अभाव भइरहेका बेला मास्क उत्पादन सुरू गरेका छन् । बुधबारवाट महानगरपालिका आफैंले मास्क उत्पादन सुरू गरेको छ । महानगरपालिकाको सामाजिक विकास तथा विपद् व्यवस्थापन समितिको निर्णय अनुसार मास्कको उत्पादन सुरू भएको प्रवक्ता राजु महर्जनले बताए । महानगरका २९ वटै वडामा सिलाइबुनाई तालिम लिएर बसेका महिलाले मास्क सिलाउने उनले जनाएका छन् । महर्जनले भने, ‘जुन ठाउँमा धेरै आवश्यक पर्छ, त्यहाँ मास्क सिलाउन प्राथमिकता दिइने छ ।’ मास्का लागि उत्तम खालको कटनको कपडा महानगरले उपलब्ध गराएको जनाइएको छ । महानगरले पहिलादेखि नै महिलालाई सिलाइबुनाईका विभिन्न कार्यक्रम गराउँदै आएको थियो । यतिबेला कोरोनाको त्रास र मौसमी रुघाखोकीको समय भएकाले मास्क अत्यन्त आवश्यक रहेको छ । भाइरसबाट आफू र अरु पनि सुरक्षित हुने भएकाले मास्क उत्पादन गर्न लागेको महानगरले जनाएको छ । महानगरले आफना नागरिकलाई कोरोनाको जोखिमबाट बच्नका लागि सतर्कता अपनाउन पनि आह्वान गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण २९ २०७६०१:५२:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend