आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओली अस्पतालमा थन्किँदा प्रचण्ड, माधव नेपाल र वामदेवको भित्रभित्रै गोप्य प्लान !

ओली अस्पतालमा थन्किँदा प्रचण्ड, माधव नेपाल र वामदेवको भित्रभित्रै गोप्य प्लान !

  • बुधवार, फाल्गुण २८ २०७६

  • 5.6K
    SHARES

  • काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली मिर्गाैला प्रत्यारोपणपछि शिक्षण अस्पतालमा थन्किएका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले भित्रभित्रै गोप्य प्लान बनाइरहेका छन् । केही दिनयता तीनै जना नेता सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । प्रचण्ड बुधवार साँझ सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएपनि सार्वजनिक कार्यक्रममा गएका छैनन् । सार्वजनिक कार्यक्रमलाई रोकेर तीनै नेताले भित्रभित्रै ओलीविरुद्ध राजनीतिक प्लान बनाइरहेका स्रोतले जनाएको छ । ओलीको फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएपछि उनी शिक्षण अस्पतालमा छन् । अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौताको अनुमोदन, सभामुख चयन, राष्ट्रिय सभामा सदस्य सिफारिस लगायत एकपछि अर्को विषयमा नेकपाभित्र तीब्र विवाद हुँदा प्रधानमन्त्री ओली र अन्य नेताबीच सम्बन्ध खराब हुँदै गएको छ । नेकपा सचिवालयले रिक्त रहेको राष्ट्रियसभा सदस्य पदमा वामदेव गौतमलाई पठाउन अनुरोध गर्दा प्रधानमन्त्री ओलीले डा. युवराज खतिवडालाई नै निरन्तरता दिने अडान लिएपछि विवाद सतहमा देखिएको हो । ओलीले इच्छा अनुसार खतिवडालाई पुनः अर्थमन्त्री बनाएका छन् भने बामदेवको सिफारिस अलपत्र छ । विवाद उत्कर्षमा रहेका बेला ओली अस्पताल भर्ना भएका थिए । ओली अस्पतालबाट डिस्चार्ज हुने चर्चाबीच प्रचण्ड, नेपाल र गौतमबीच आगामी रणनीतिबारे तीब्र भेटघाट हुन थालेका नेकपाभित्र चर्चा चलेको छ । प्रचण्डले मंगलबार खुमलटारमै उपाध्यक्ष वामदेव गौतमसँग भेट गरेर सल्लाह लिएको स्रोतले जनाएको छ । प्रचण्डले आईतवार र सोमवार आफूनिकट सीमित नेतासँग समेत छलफल गरेका थिए । ओली अस्पतालमै रहेका बेला फागुन २६ गते डल्लुस्थित पूर्व प्रधानमन्त्री झलनाथ खनालको निवासमा वरिष्ठ नेताद्वय खनाल र माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । एमसीसी सम्झौता अनुमोदन गर्नुअघि संशोधन गर्नेबारे दुई नेताबीच छलफल भएको बताइएको छ । तर प्रधानमन्त्री ओली भने यथास्थितिमा जसरी पनि एमसीसी पारित गराउन चाहन्छन् । ओली अस्पतालमा रहेका बेला बनिरहेको समीकरणले एमसीसीबारे ओलीको सपनामा झनै धक्का लाग्ने भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २८ २०७६०३:३५:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend