काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा भ्रष्टाचार सम्बन्धी अनेक काण्ड र हर्कत देखेर वाक्क भएपछि पूर्व प्रहरी नायब महानिरीक्षक (पूर्व डीआईजी) रमेश खरेल आफैं मैदानमा उत्रिने भएका छन् ।
ओली सरकारका काण्डलाई पर्दाफास गर्न पूर्व डीआईजी खरेलले आफ्नै नेतृत्वमा ‘हाम्रो नेपाल, सुशासन अभियान’ थालनी गर्ने तयारी गरेका छन् ।
आज बुधवार पूर्व डीआईजी खरेलले फेसबुकमार्फत भोलि बिहीवार सुशासन अभियानको सुरूवात गरिने खुलासा गरेका छन् ।
भ्रष्टाचार विरोधी, सुशासन, राष्ट्रहित र नागरिकका हक अधिकारलाई केन्द्रमा राखेर अभियानको घोषणा गर्न लागेको खरेलले स्पष्ट पारेका छन् । बिहीवार दिउँसो काठमाडौंको त्रिपुरेश्वरमा अभियानको औपचारिक घोषणा गरिने छ ।
खरेल संलग्न रहेर यसअघि नै ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानमा घोषणा हुने तयारी भएपनि अन्तिम समयमा आएर रोकिएको थियो । नेपालका लागि नेपाली अभियानबाट हटाइएका शाहीलाई अभियानमा राखिएपछि रमेश खरेल बाहिरिएका थिए ।
२०७४ माघ २८ गते प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल बनेपछि बढुवाप्रति असन्तुष्ट खरेलले पदबाट राजीनामा दिएर प्रहरी सेवाबाट बाहिरिएका थिए । त्यसपछि खरेल विभिन्न सामाजिक कार्यक्रम र अभियानमा देखिने गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।