आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेस नेता एवम् पूर्वमन्त्री लिम्बुको निधन, कांग्रेस शोकमा

कांग्रेस नेता एवम् पूर्वमन्त्री लिम्बुको निधन, कांग्रेस शोकमा

  • बुधवार, फाल्गुण २८ २०७६

  • 7.2K
    SHARES

  • काठमाडौँ- नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री पूर्णकुमार शेर्मा लिम्बुको निधन भएको छ। उनको ७६ वर्षको उमेरमा बुधबार दिउँसो काठमाडौंस्थित निदान अस्पतालमा निधन भएको हो। मिर्गौलासम्बन्धी बिरामी रहेका शेर्माको उपचारका निधन भएको नेपाली कांग्रेसले जनाएको छ। मिर्गौला फेल भएपछि शेर्पाले पछिल्लो समय डायलासिस गराउँदै आएका थिए। उनको निदान अस्पतालमा शुक्रबारदेखि आईसियूमा राखेर उपचार भईरहेको थियो। नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य समेत रहेका शर्मा दुख पाएका र इमान्दार पुराना नेताका रुपमा चिनिन्छन् । उनी २०६४ सालको संविधानसभाको निर्वाचनपछि माधव नेपाल नेतृत्वको कांग्रेस एमालेको संयुक्त सरकारमा स्थानीय विकास मन्त्री बनेका थिए । शेर्माका दुई श्रीमतीमध्ये कान्छी जनिमाया मगरको साथमा काठमाडौं बस्दै आएका थिए । उनका दुई छोरा र पाँच छोरी छन्। शेर्माको राजनैतिक यात्रा २००० साल असोज १२ गते पाँचथरको मिल्लाजुङ गाउँपालिका-२ सराङडाँडामा जन्मिएका शेर्मा २०६६ सालमा स्थानीय विकासमन्त्री भएका थिए। नेपाली कांग्रेस पाँचथरको दुई पटक सभापति भएर पार्टीको नेतृत्व गरेका थिए। २०५७ सालमा भएको १० औँ र २०६१ सालमा भएको ११औँ अधिवेशनले शेर्मालाई सभापतिमा चयन गरेको थियो। कांग्रेसको १० औँ र ११ औँ महाधिबेशनबाट शेर्मा दुई पटक केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। जिल्लाको पुरानो नेताका रुपमा चिनिएका शेर्मा २०२१ सालमा निगाले गाउँ पञ्चायतको प्रधानपञ्चसमेत भएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २८ २०७६०१:३७:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend