आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पाकिस्तानले अफगानिस्तानमा तालिबानी शासन चाहेको राहीको आरोप

पाकिस्तानले अफगानिस्तानमा तालिबानी शासन चाहेको राहीको आरोप

  • बुधवार, फाल्गुण २८ २०७६

  • 4.9K
    SHARES

  • काठमाडौँ- अफगानिस्तानका पूर्व राष्ट्रपति डा. नजिबुल्लाह अहमदजाइका भाई सेदिकुल्लाह राहीले पाकिस्तानले अफगानिस्तानमा तालिबानी शासन चाहेको आरोप लगाएका छन् । संयुक्त राष्ट्रसंघ मानव अधिकार समितिको ४३ औं सम्मेलनमा जेनेभामा सम्बोधन गर्दै सेदिकुल्लाहले यस्तो आरोप लगाएका हुन् । हालै अमेरिका र तालिबानबीच भएको शान्ति सम्झौता पनि अफगान जनता भावना विपरीत रहेको समेत जानकारी दिए। पाकिस्तानले शुरुबाट नै तालिबानलाई सहयोग गरिरहेको जनाउँदै उनले अफगानिस्तानमा पाकिस्तानी खुफिया निकाय आइएसआईको सैनिक गुटका रुपमा तालिबानले अफगान जनताको अहीत हुनेगरी काम गरिरहेको बताए । ‘यो समूहले अमेरिकासँग गरेको शान्ति सम्झौता प्रति म ढुक्क छैन । म यससँग सहमत छैन । अफगान जनता पनि यसबाट असन्तुष्ट छन् ।’ उनले भने । अफगान जनताहरु तालिबानजस्तो उग्रवादी समूहलाई स्वीकार गर्न तयार नभएको समेत उनको भनाइ छ । ‘अफगानिस्तानमा तालिबान पाकिस्तानको स्वार्थका लागि काम गरिरहेको छ ।’ उनले भने । अफगानिस्तान इस्लामिक समाज रहेपनि यसैलाई पाकिस्तानले उचालेर तालिबानलाई समर्थन गरेको उनले आरोप लगाएका हुन् । गत फेब्रुअरी २९ का दिन तालिबान र अमेरिकाले कतारको राजधानी दोहामा १९ वर्षे युद्ध अन्त्य गर्नका लागि शान्ति सम्झौतामा हस्ताक्षार गरेका थिए । अफगान जनताको प्रतिनिधिको रुपमा रहेको अफगान सरकारलाई सामेल नै नगराई भएको सम्झौता अफगान जनताका लागि अस्वीकार्य रहेको बताए। सन् १९९६ मा तालिबानले अफगानिस्तानको राजधानी काबुल शहर कब्जा गरेपछि उनका दाजु तत्कालिन राष्ट्रपति डा. नजिबुल्लाह अहमदजाइ र उनका भाइलाई चरम यातना पछि हत्या गरी उनीहरुको शवलाई शहर परिक्रमा गराइएको थियो । हाल सेदिकुल्लाह अमेरिकामा बसोबास गर्दै आएका छन् । एजेन्सी 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २८ २०७६१२:२८:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend