आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कम्युनिस्ट सरकारका मन्त्रीले कोरोनाबारे दिएको अभिव्यक्ति लज्जास्पद: तरुण उपाध्यक्ष

कम्युनिस्ट सरकारका मन्त्रीले कोरोनाबारे दिएको अभिव्यक्ति लज्जास्पद: तरुण उपाध्यक्ष

  • बुधवार, फाल्गुण २८ २०७६

  • 3.7K
    SHARES

  • काठमाडौं -   नेपाल तरुण दलले कम्युनिस्ट सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अभिव्यक्ति लज्जास्पद भएको भन्दै आपत्ति जनाएको छ । तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले बुधबार मिडिया डबलीसंग कुरा गर्दै जिम्मेवार पदमा बसेको व्यक्तिले जिम्मेवारीअनुसारको काम र व्यवहार गर्नुपर्ने बताए । चापागाइँले कम्युनिस्ट सरकारलाई जनताको स्वास्थ्यमा गम्भीर बन्न सचेत गराएका छन् । स्वास्थ्य मन्त्री ढकालले मंगलबार कोरोना भाइसरको संक्रमणको आशंका रहेका व्यक्तिलाई सरकारले क्वारेन्टाइनमा राख्न नसक्ने ती व्यक्तिहरूले आफ्नै खर्चमा क्वारेन्टाइनमा बस्नुपर्ने बताएका थिए । मन्त्रीको यो अभिव्यक्तिको सामाजिक सञ्जालमा विरोध भइरहेको छ । मन्त्री ढकालको सो अभिव्यक्तिसँग भड्किएको तरुण दलले कम्युनिस्ट सरकारलाई कोरोना भाइरसबाट सर्वसाधारण जनता त्रसित भइरहेका बेला यस्ता गैह्रजिम्मेवारीपूर्ण अभिव्यक्ति दिँदा त्यसले झन् तनाब बढाउने जनाएको हो । उपाध्यक्ष चापागाइँले विश्वभरि कोरोना भाइरसका कारण सर्वसाधारणहरू त्रसित बनेका बेला नेपाल सरकारले आफूलाई पन्छाउन खोज्ने हर्कत उचित नभएको बताए । ‘सबै नागरिकको स्वास्थ्य र सुरक्षाको जिम्मेवारी सरकारले लिनुपर्छ’, उनले चेतावनी शैलीमा भने, ‘विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई उच्च जोखिममा राखेका बेला सरकारको जिम्मेवार मन्त्रीले नागरिकहरूले आफै उपचार गर भनेर भन्नु उचित होइन । यस्ता अभिव्यक्ति फिर्ता लिनुपर्छ ।’ उपाध्यक्ष चापागाइँले सरकारले सबै नागरिकको सहयोग र सल्लाहमा कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सबै उपाय अपनाउनुपर्ने बताए । त्यसका लागि सहयोग गर्न अग्रपंक्ति देशभरिका युवा तरुणहरू तयार रहेको उनले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २८ २०७६०७:४३:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend