बुधवार, फाल्गुण २८ २०७६
काठमाडौं– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री डा. शशांक कोइरालालको गृहजिल्लाका सभापतिलाई बर्खास्त गरेका छन्। देउवाले महामन्त्री कोइराला निकट मानिने कार्यवहाक सभापति अर्जुन पोखरेललाई बर्खास्त गरेर विष्णु पौडेललाई सभापति तोकेका हुन् ।
देउवाले पोखरेललाई सभापति बनाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको आकस्मिक बैठक महामन्त्री डा.शशांक कोइरालाको निवासमा बसेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले नवलपरासी जिल्लामा विष्णु पौडेललाई सभापति बनाइएकोमा असन्तुष्टि जनाएको छ । राज्य पुर्नसंरचना अघि जिल्ला सभापति विष्णु लामिछाने थिए ।
राज्य पुर्नसंरचना पश्चात जिल्ला विभाजित भई दुइटा भएपछि लामिछाने बर्दघाट पूर्वका सभापति नै रहे भने नयाँ जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा तत्कालीन उपसभापति रहेका पोखरेललाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।