काठमाडौँ- लामो समयदेखि आजादीको माग गरिरहेका लदाखी जनताको माग पूरा गर्न वर्तमान सरकारले भारतीय संविधानको धारा ३७० खारेज गर्दै लदाखलाई स्वतन्त्रता प्रदान गरेकोमा एकता समाजले धन्यवाद ज्ञापन गरेको छ ।
नेपाली एकता समाज भारतले विज्ञप्ति जारी गर्दै धेरै वर्षदेखि जम्मु कश्मिरको अधिनमा रहको लदाखलाई स्वतन्त्रता प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरेको हो ।
विज्ञप्तिमा भनिएको छ– ‘लदाख जम्मु–कश्मिरको अधिनमा रहँदा आर्थिक र सामाजिक दुबै पक्षको समस्यो थियो र धेरै वर्षदेखि लदाखले आजादीको माग गरिरहेको थियो । कुनै पनि सरकारले त्यो माग पूरा गर्न सकेको थिएन । अहिले वर्तमान सरकारले मात्रै आफ्ना जनताको आवाजलाई सुनेको छ ।’
एकता समाजले लदाखका जनाताको खुशी नै त्यहाँ रहेका नेपालीहरुको पनि खुशी भएको विज्ञप्तिमार्फत जनाएको छ ।
वर्तमान सरकाले लदाखी जनतालाई माया गरेझैंँ आफूहरुको शान्ति र सुरक्षाका लागि पनि उचित व्यवस्था गर्ने विश्वास लिएको विज्ञप्तिमा जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।