काठमाडौं – त्रासको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न भन्दै रक्सी पिउने उपाय निकालेका इरानका ३६ जनाले ज्यान गुमाएका छन् ।
इरानको खुजिस्तान प्रान्तको अभाज शहरमा कोरोनाबाट बच्न मिसावटयुक्त रक्सी पिउनेमध्ये २७० जना बिरामी परेका छन् ।
रक्सीले कोरोना भाइरसबाट बचाउने हल्ला फैलिएपछि रक्सी पिउने व्यक्तिहरूले उल्टै ज्यान गुमाउनुपरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मिसावटयुक्त रक्सी बेच्ने ७ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
कोरोना भाइरस संक्रमणबाट ठूलो असर परेको इरानमा एकैदिनमा ५४ जनाको मृत्यु भएको छ । कोरोनाको औषधि पत्ता नलागेको बेला रक्सी पिउँदा निको हुने भ्रमले सर्वसाधारणले ज्यान गुमाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।