आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना देखाएर कांग्रेसभित्र ‘हानिकारक’ हर्कत, डा. शेखरको अडानले बुढानिलकण्ठमा हंगामा

कोरोना देखाएर कांग्रेसभित्र ‘हानिकारक’ हर्कत, डा. शेखरको अडानले बुढानिलकण्ठमा हंगामा

  • मंगलवार, फाल्गुण २७ २०७६

  • 4.2K
    SHARES

  • काठमाडौं – विश्वभर त्रासको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई देखाएर कांग्रेसभित्र हानिकारक हर्कत भइरहेको खुलासा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा लोकप्रिय नेता डा. शेखर कोइरालाले गरेका छन् । कांग्रेसको शुभेच्छुक संगठन नेपाल प्रेस युनियनको चैत २१ र २२ गते नेपालगञ्जमा हुने भनी तोकिएको महाधिवेशन कोरोनालाई देखाएर रोक्ने आशंका भइरहेको छ । सभापति शेरबहादुर देउवा निकट समूहले युनियनको अधिवेशन रोक्न खोजेको चर्चा कांग्रेसभित्र छ । महाधिवेशनमा देउवा समूहका पत्रकारको अवस्था कमजोर हुने आकलनपछि महाधिवेशन रोक्ने चलखेल भइरहेको संकेत पाएपछि डा. शेखर कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै महाधिवेशन रोक्न नहुने अडान लिएका छन् । कांग्रेसभित्र लोकप्रिय नेताको छवि बनाएका शेखरले तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने अडान लिएपछि देउवा निवास बुढानिलकण्ठमा हंगामा उत्पन्न भएको छ । महाधिवेशन सार्ने तरखरमा रहेका देउवालाई शेखरको अडानले धक्का लागेको स्रोतले जनाएको छ । कोइरालाले लेखेका छन्, ‘कोरोना भाइरसका सन्त्रासको कारण नेपाल प्रेस युनियनको आसन्न महाधिवेशन रोकिने हो कि भन्ने आशंका सिर्जना भएको छ । यस्ता विपत्ति समयसमयमा आई नै रहन्छन् । यी कुराको आधारमा पार्टी र यस मातहतका संस्थाहरूको नियमित प्रक्रिया अवरुद्ध हुनु संगठनकै लागि हानिकारक हो । हामी परम्परागत सोचबाट बाहिर निस्केर व्यावहारिक र वैज्ञानिक बाटोतर्फ जानुपर्छ । बार एसोसिएसन, इन्जिनियरिङ एसोसिएसन र चिकित्सक संघले अपनाएको जिल्ला–जिल्लाबाटै मतदान गर्ने विधि अपनाएर प्रेस युनियनको महाधिवेशन गरिनुपर्छ । यसले आर्थिक बोझ कम हुन्छ, जिल्लाका साथीहरूलाई महाधिवेशन स्थलसम्म जानुपर्दैन र पारदर्शी तथा निष्पक्ष पनि हुन्छ । नेपाली कांग्रेस पार्टीले पनि सातौं महाधिवेशनसम्म यही प्रक्रिया अपनाएको थियो भन्ने कुराको हेक्का राख्नुपर्छ । समय र परिस्थिति अनुसार हामीले आफू र सांगठनिक संरचनालाई परिस्कृत र परिमार्जित गर्दै लैजानुपर्छ ।’ महाधिवेशनको चटारोमा रहेको नेपाल प्रेस युनियन मोरङका सभापति कुमार लुइँटेलले समेत तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने माग गरेका छन् । उनले कोरोनाको खतराबाट बच्न जिल्ला–जिल्लाबाट मतदान गरेर युनियनको नेतृत्व चयन गर्न सकिने उपाय सुझाएका छन् । सामाजिक सञ्जालमा लेख्दै लुइँटेलले भनेका छन् – महाधिवेशन कुनै बहानामा रोकिनु हुन्न । कोरोनाको डर हो भने महाधिवेशनको चुनाव यसरी गर्न सकिन्छ । महाधिवेशन गरौं न किन रोक्ने ? १) महाधिवेशनको उद्घाटन काठमाडौमै गर्ने । जिल्लागत रुपमा ब्यालेट बक्स राख्ने त्यतैबाट मत खसाल्ने प्रबन्ध गर्ने । यसको व्यवस्थापन जिल्लास्थित प्रेस युनियनको शाखाले गर्ने । २) प्रदेशगत रुपमा गर्ने हो भने सम्बन्धित प्रदेशको राजधानीमा प्रदेशका सबै जिल्लाका पार्षदहरु सहभागी गराई चुनाव गराउने । यसमा युनियनका तत्कालीन क्षेत्रीय समितिहरुले भूमिका निर्वाह गर्न सक्छन् । जस्तो कि प्रदेश १ मा तत्कालीन पूर्वाञ्चल समिति अन्यत्र तत् क्षेत्रीय समितिहरु यसमा सम्बन्धित जिल्ला कार्यसमितिले सघाउने । यसो गरे पार्षदको संख्या धेरै हुँदैन । भिंडभांड भयो भन्ने पनि भएन । ३) संघीय राजधानीमै महाधिवेशनका उमेदवारले मनोनयन दर्ता गर्ने गराउने । प्रदेशका उमेदवारलाई यतै मनोनयनको व्यवस्था गर्ने । यो उपाय अपनाउने हो भने बजेट पनि अहिले अनुमान गरिए जति खर्च हुँदैन । जिल्ला वा प्रदेश आफैंले व्यवस्थापन गर्न सक्छन् । ४) मतदान जिल्ला वा प्रदेशमा भईसकेपछि यतै गणना गर्ने प्रबन्ध गर्ने । गणनापछि जोड्ने विजयी उमेदवार घोषणा गर्ने । सपथ काठमाडौमै गर्ने । जय नेपाल कुमार लुइँटेल सभापति नेपाल प्रेस युनियन मोरङ

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २७ २०७६०२:५०:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend