आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

EXCLUSIVE : कम्युनिस्ट वडाध्यक्ष नै बालुवा तस्करीमा, रोक्न खोज्नेलाई गाँउ निकाला गर्ने धम्की! (अडियो सहित)

EXCLUSIVE : कम्युनिस्ट वडाध्यक्ष नै बालुवा तस्करीमा, रोक्न खोज्नेलाई गाँउ निकाला गर्ने धम्की! (अडियो सहित)

  • मंगलवार, फाल्गुण २७ २०७६

  • 7.7K
    SHARES

  • ओखलढुंगा- लिखु गाँउपालिका–८का वडाध्यक्ष विशालकुमार पौडेल सहित वडासदस्यहरुनै बालुवा तस्करीमा लागेको तथ्य मिडिया डबलीले फेला पारेको छ। वडाध्यक्ष नै संलग्न रहेर टारकेराबारी स्थित लिखु नदिबाट बर्खामा निकालेको बालुवा बेच्न सडक घुमाउन खोजेपछि स्थानीय विरोधमा उत्रिएका छन्। सडक छोटो खन्न स्थानीयले माग गरेका छन्, तर वडा भने मनोमानि ढंगले सर्भे गराइरहेको छ। जग्गा धनीहरुलाई जग्गा नदिए कुट्ने, गाँउमा बस्न नदिने धम्कि समेत दिइएको छ। यति मात्र होइन्, वडाध्यक्षका पक्षमा रहेका मानिसहरुको जग्गा पर्ने ठाँउमा भने अर्काको जग्गा पार्ने प्रयास समेत भएको छ। स्थानिय चुडाबहादुर पौडेललाई वडा अध्यक्षले निकेश पौडेलको घरमा पठाएर चुडासँगको कुरा के भयो? मिल्यो मिलेन? भनेर सोध्न लगाएका थिए। वडाअध्यक्ष बिशाल आफैले निकेशलाई फोन गरेका थिएर। तर, निकेश ले ५० करोडमा नबिक्ने जवाफ फर्काएका थिए। जुन अडियो रेकर्डमा सुन्न सकिन्छ। निकेशले सडकको पैसा व्यक्ति जोगाउन प्रयोग गर्न खोजेको सार्वजनिक गरेपछि, चुडालाई बिशालले पठाएको हैन नभने गाँउमा बस्न नदिने धम्की दिइएको छ। यो विषयमा चुडाले निकेशसँग गरेको संवाद अडियो रेकर्डमा सुन्न सकिन्छ। चुडाँलाई ढाट्न बाध्य गराएर वडा अध्यक्षले साँझ ५ बजे ९–१० जनाको बलियो टाली लिएर धम्की दिन निकेश पौडेलको घरमा गएका थिए। निकेशले आफुलाई चुडाले पैसा लिएर तस्करी गर्न सडक खन्न दिन भनेको बताएका छन्। विशाल स्वयंले पनि फोन गरेर कुरा मिल्यो मिलेन भनेर सोधेका छन्। वडाअध्यक्ष लगायत उनीसँगै आएका ९ जनाले निकेश लाइ गाँउमा बस्न नदिने धम्कि दिएका थिए। यस्तै घरलाई क्षति पुग्ने गरी बालुवा बोक्ने बाटो दिन्न भन्दा कुटपिट गरेर बाटो खन्ने धम्की दिएको स्थानिय बासुदेब बस्नेत बताउँछन्। घरमाथिबाट आफ्नै जग्गा बाट बाटो दिन्छु भन्दा पनि जबरजजस्ती कुटेर लगिन्छ बताएका थिए । बालुवा तस्करी गर्न बाटो नदिँदा स्थानियले धम्कीको सामना गर्नुपरिरहेको छ। इन्द्रबहादुर पौडेललाई वस्तुको थला बाट वस्तु फुकाएर रोड खन्ने धम्कि छ भन्ने डुक्र बहादुर पौडेल, थल बहादुर पौडेल, लगायतको बगुवा जग्गाको फेदी खनेरै बालुवा तस्कर गर्न दिनु पर्ने उनीहरूको सर्त छ । सडक खन्नका लागि प्रयोग गरिने डोजर गाँउवेशी कन्स्ट्रक्सनको हो। यसका माालिक वडाअध्यक्ष र सदस्यहरू समेत छन्। वडामा जुनसुकै सडक खन्दा होस् या मोटर पुलको भुडी निस्केको जालीमा माटो पुर्न होस्, गाँउबेँसी कन्स्ट्रक्सनका बाहेक कुनै डोजर प्रयोग हुदैनन् । बालुवा बोक्न समेत गाँउ बेँसी कन्स्ट्रक्सनकै ट्रयाक्टर प्रयोग हुन्छन् । यी हुन् धम्की दिनेहरुः विशालकुमार पौडेल (वडा अध्यक्ष), होम बहादुर बिष्ट (वडा सदस्य), विमल बिष्ट (वडा सदस्य), छत्र बहादुर, विष्ट, डोर प्रसाद दाहाल, टेक प्रसाद तिमल्सेना, दुर्गाहरी पौडेल, नबिन पौडेल, केशव पौडेल। https://www.youtube.com/watch?v=Nf0zEZECROI

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २७ २०७६०९:२४:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend