आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

धनुषामा देखियो विमलेन्द्र निधिको असली ‘औकात’, रिसले चुर भयो कोइराला परिवार

धनुषामा देखियो विमलेन्द्र निधिको असली ‘औकात’, रिसले चुर भयो कोइराला परिवार

  • मंगलवार, फाल्गुण २७ २०७६

  • 6.1K
    SHARES

  • काठमाडौं - नेपाली कांग्रेका उपसभापति विमलेन्द्र निधिसहित उनी निकटका नेता तथा कार्यकर्ताहरूले धनुषा जिल्लामा कोइराला परिवार सहभागी कार्यक्रम बहिस्कार गरेका छन् । उपसभापति निधिको निर्देशनमा ‘गिरिजाप्रसाद कोइराला फाउण्डेसन’ले आइतबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रम बहिस्कार गरिएको हो । कार्यक्रममा धनुषा जिल्लाबाट केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्यहरू निमन्त्रणा गरिएको थियो । सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइराला, सुजाता कोइराला तथा पार्टीका केन्द्रीय सदस्यहरू सहभागी थिए । तर, उपसभापति निधिसहित उनी निकट मानिने केन्द्रीय सदस्यसहित धनुषा कांग्रेसका सभापति महेशशंकर गिरीसहितको समूहले कोइराला परिवार उपस्थित कार्यक्रम बहिस्कार गरेको हो । निधिको यो घटनाले कोइराला परिवार असन्तुष्ट बनेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाको सबैभन्दा निकट मानिने उपसभापति निधिले आफ्नै गृहजिल्ला धनुषामा कोइराला परिवारलाई अपमान हुने गरेर हर्कत देखाएपछि कांग्रेसभित्र खैलाबैला भएको छ । सो कार्यक्रममा सभापति निधिलाई समेत निम्तो पुगेको थियो । निधि त कार्यक्रममा आएनन् आएनन्, उनले आफू निकटका नेता तथा कार्यकर्ताहरूलाई सहभागी नहुन निर्देशन दिएको जिल्ला कार्यसमितिका एक सदस्यले बताए । कोइराला परिवार सहाभागी कार्यक्रम बहिस्कार गरिएको विषयमा उपसभापति निधिले केही भनेका छैनन् । शान्ति प्रक्रियाका ‘महानायक’ भनेर चिनिने स्व.गिरिजाप्रसाद कोइरालाको नाम जोडिएको कार्यक्रमलाई उपसभापति निधिबाट गरिएको अपमान र कार्यक्रम बिथोल्ने प्रयासले प्रदेश २ मा उपसभापति निधिप्रति कांग्रेसका नेता तथा कार्यकर्ताहरू आक्रोशित बनेका छन् । स्व.गिरिजाप्रसाद कोइराला कांग्रेसको सभापति मात्रै होइनन् । उनी देशमा शान्ति ल्याएर संघीय लोकतान्त्रिक गणतन्त्रको बीउ रोपेका व्यक्ति हुन् । उनै स्व.कोइरालाका कारण जनताले अधिकार पाएका छन् । आफैले संविधान बनाएका छन् । जनकपुरधाममा आयोजित फाउण्डेसनको कार्यक्रममा स्व.गिरिजाप्रसाद कोइरालाको स्मारिका बिमोचन कार्यक्रम थियो । त्यति मात्रै होइन उपसभापति निधि निकट मानिने स्थानीय नेताहरूले फाउण्डेसनको नाममा कार्यक्रम गरेको भन्दै कार्यक्रममा सहभागी भएका कोइराला परिवारका नेताहरूलाई कारबाहीको माग समेत गरेका छन् । धनुषा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति कन्हैयालाल कर्णले डा.शेखर कोइराला र सुजाता कोइरालासहितका नेताहरूलाई कारबाहीको माग गरेका छन् । कर्णले कोरोना भाइरसको संक्रमणको डर भएका बेला पार्टी नीति र निर्देशन विपरित कार्यक्रम गर्ने फाउण्डेसन र डा.शेखर कोइराला र सुजाता कोइरालालाई कारबाहीको माग गरेका हुन् । नेतृ सुजाता कोइरालाले उपसभापति निधि समूहले फाउण्डेसनको कार्यक्रम बहिस्कार गरेकोमा मञ्चबाट आलोचना गरेकी थिइन् । उनले कांग्रेसका लागि जीवन योगदान गरेका गिरिजाप्रसाद कोइरालासंग सम्बन्धित कार्यक्रम उपसभपाति निधि समूहले बहिस्कार गरेकोमा आक्रोश पोखेकी हुन् । नेता डा.शेखर कोइरालाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिजाबाबुको बारेमा गलत बोलेर आफू संक्रमणकालीन मुद्दाबाट बच्ने प्रपञ्च रच्न थालेको आरोप लगाएका थिए । डा.कोइरालाले सक्रमणकालीन न्यायको तरबार ‘प्रचण्ड’माथी झुण्डिरहेको बताएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २७ २०७६०६:३९:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend