काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यबाहक सभापति पदम भण्डारीको असामयिक निधन भएको छ ।
भण्डारीको वाथरुममा नुहाउने क्रममा निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ । २७ वर्षीय भण्डारीको सोमवार नुहाउने क्रममा निसास्सिएर मृत्यु भएको प्रहरीको दाबी छ ।
जिल्लाको अजयमेरु गाउँपालिका–१ स्थायी घर भएका भण्डारी हाल सदरमुकामस्थित अमरगढी नगरपालिका–५ मा अस्थायी रुपमा बसोबास गर्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्सपेक्टर) वीरेन्द्रबहादुर बोहोराले होली खेलेर आएपछि नुहाउनका लागि भण्डारी बाथरुम गएकोमा एकदमै साँघुरो बाथरुममा भेन्टिलेसन निकै सानो रहेकाले गिजरबाट नुहाउने क्रममा बाफ धेरै हुँदा निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।