काठमाडौं – विकास निर्माणमा कमिसन खाएर कमजोर निर्माण कार्य गर्ने गरेको संगीन आरोप लगाउँदै नेपाली कांग्रेस कैलालीको भजनी नगरपालिका कार्यसमितिले नगरपालिकाका मेयर शेरबहादुर चौधरीलाई खबरदारी गरेको छ ।
कांग्रेसले मेयरमाथि विभिन्न ११ प्रकरणमा अनेक खुलासा गरेको छ ।
स्थानीय सरकारका रुपमा कम्युनिस्ट जनप्रतिनिधिले शासन सुरू गरेपनि जनताले अनुभूति गर्न नपाएको कांग्रेसको आरोप छ । कांग्रेस भजनीले नेकपाबाट निर्वाचित मेयर र उपमेयरलाई चेतावनीसहित ज्ञापनपत्र बुझाएको छ ।
कांग्रेसबाट भजनी नगरका छायाँ सरकार प्रमुख वीरबहादुर हमाल र कांग्रेस नगर सभापति टेकराज न्यौपानले मेयरलाई ज्ञापनपत्र बुझाउँदै विद्यालयमा राजनीति नगर्न समेत चेतावनी दिएका छन् ।
‘विकास निर्माणका उपभोक्ता समिति एकलौटी ढंगबाट चयन गरिएको छ । समितिले आफूले काम नगरी कमिसन लिएर ठेक्का बिक्री गर्ने गरेको र काम सम्पन्न भएपछि सार्वजनिक सुनुवाइ नगरी रकम निकासा हुने गरेको छ,’ ज्ञापनपत्रमा उल्लेख छ ।
भजनी नगरपालिकामा खानेपानीको व्यवस्था गर्नुपर्नेमा बेवास्ता गरेको, विद्यालय व्यवस्थापन समितिले नियमविपरीत कार्यकर्ता भर्ती केन्द्र बनाएको, छाडा पशुचौपायाको नियन्त्रण नभएको, कान्द्रा नदीमा पुल निर्माणको काम सुस्त भएको र नगरपालिकामा कार्यकर्तालाई कर्मचारी भर्ना गरेको आरोप कांग्रेसले लगाएको छ ।
हेर्नुस् कांग्रेसले बुझाएको ज्ञापनपत्र :
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।