काठमाडौं – रंग र उमंगको पर्व होलीको अवसरमा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नेपालीमा शुभकामना दिएका छन् ।
सोमबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले नेपालको पहाड र तराईमा हर्षोल्लासका साथ खेलिने होली पर्वको अवसरमा सबैमा शुभकामना दिएका छन् ।
होली पर्व धार्मिक तथा सांस्कृतिक पर्व भएको र अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने होली पर्वलाई नेपाली समाजले पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रूपमा मनाउँदै आएको देउवाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
सभापति देउवाले वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको होली पर्व मुलुकलाई शान्ति, एकता, पारस्परिक विश्वास, उच्चतम् सामाजिक–नैतिक मूल्य–मान्यता र समृृद्धिको बाटोतर्फ लैजान सबैलाई प्रेरित गरोस् भनेर शुभकामना दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।