आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

जहाँ कोरोनाको भयावह महामारी छ, २४ घण्टामा १३३ जनाको मृत्यु

जहाँ कोरोनाको भयावह महामारी छ, २४ घण्टामा १३३ जनाको मृत्यु

  • सोमवार, फाल्गुण २६ २०७६

  • 4.6K
    SHARES

  • काठमाडौं – संसारभर त्रासको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण चीनबाट सुरू भएपनि अहिले इटलीमा यसले भयानक रुप लिएको छ । चीनपछि कोरोनाले धेरै व्यक्तिको मृत्यु भएको इटलीमा पछिल्ला २४ घण्टामा १३३ जनाको मृत्यु भएको छ । छोटो अवधिमा यतिधेरै व्यक्तिको ज्यान गएको यो सबैभन्दा धेरै हो । इटलीमा हालसम्म ३६६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँ संक्रमितको संख्या ७ हजार ३७५ पुगेको इटलीको स्वास्थ्य विभागले जनाएको छ । कोरोना भाइरसबाट इटलीमा संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । कोरोनाको संक्रमण उच्च दरमा फैलन थालेपछि इटली सरकारले लोम्बार्डीसहित विभिन्न १४ प्रान्तमा यात्रा गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएर कोरोना नियन्त्रण गर्न खोजेको छ । इटली सरकारले १ करोड ६० लाख मानिसलाई आउँदो चैत २१ गतेसम्मका लागि क्वारेन्टाइनमा राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, इरानमा गत २४ घण्टामा कोरोनाका कारण ४९ जनाको मृत्यु भएको छ भने ७४३ जना नयाँ संक्रमित फेला परेका छन् । चीनको वुहानबाट सुरू भएको कोरोना भाइरसको संक्रमण चीनमा नियन्त्रण हुँदै गएको पाइएको छ । हालसम्म १०४ देशमा पुगिसकेको कोरोना भाइरसको संक्रमणबाट १ लाख १० हजार व्यक्ति संक्रमित भएको जनाइएको छ । कोरोना संक्रमणले हालसम्म ३ हजार ८०५ जनाको मृत्यु भइसकेको छ भने ६१ हजार संक्रमितहरू उपचारपछि निको भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, फाल्गुण २६ २०७६१२:४०:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend