आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेसको भावी सभापति को ? डा. शेखर कोइरालाले गरे भित्रि खुलासा

कांग्रेसको भावी सभापति को ? डा. शेखर कोइरालाले गरे भित्रि खुलासा

  • आइतवार, फाल्गुण २५ २०७६

  • 5.0K
    SHARES

  • काठमाडौं – नेपाली कांग्रेसका लोकप्रिय नेता डा. शेखर कोइरालाले कांग्रेस पार्टीमा भागबण्डाको राजनीति गलत प्रवृत्ति रहेको बताएका छन् । नेपाल प्रेस युनियन सिरहाले आईतबार लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता डा. कोइरालाले भागबण्डा मिल्दा ठीक र नमिल्दा बेठीक हुने प्रवृत्ति राम्रो नभएको बताए । ‘भागबण्डा मिल्यो भने ठीक, नमिले बेठीक भन्ने प्रवृत्ति पार्टीभित्र देखिएको छ, यसले कदापि पार्टीलाई भलो गर्दैन, म कुनै गुट वा उपगुटको राजनीति गर्दिनँ, भागबण्डाको राजनीतिको विरुद्धमा छु,’ उनले भने । अहिले गलत प्रवृत्तिबाट कांग्रेस हिँडिरहेको र गलतलाई रोक्न पार्टीको नेतृत्व युवा पुस्तामा आउनुपर्नेमा बताउँदै नेता डा. कोइरालाले सभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टीले केही गर्न नसकेकाले पार्टीलाई नयाँ युवा पुस्ताको नेतृत्व आवश्यक रहेको बताएका छन् । कोइरालाले आगामी महाधिवेशनबाट देउवाको विकल्प खोजिने बताए । आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व लिन कोइराला परिवार तयार रहेको बताउँदै डा. कोइरालाले भने, ‘महाधिवेशनको तयारीमा कोइराला परिवार एकढिक्का छ, आगामी महाधिवेशनमा कोइराला परिवारबाट कोही एक जना सभापतिको उम्मेदवार बन्ने छ ।’ कोइराला परिवारबाट उम्मेदवार हुने युवा नेतृत्वले कांग्रेसको सभापति बनेर पार्टीलाई नयाँ ऊर्जा दिने उनले खुलासा गरे । आफू, डा. शशांक र सुजातामध्ये एक जना सभापतिमा उम्मेदवार बन्ने उनले बताए । ‘कसले उम्मेदवारी दिने भन्ने हामी सल्लाह गरी निर्णय गर्छाैं, ३ जनामध्ये जो बढी ‘पपुलर’ हुन्छ, उही उम्मेदवार बन्छ,’ उनले भने । कम्युनिस्ट सरकारको गतिविधिका कारण लोकतन्त्र र संविधान खतरामा परेको बताउँदै डा. कोइरालाले संसदा पेश भएका सुरक्षादेखि व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित विधेयक लोकतन्त्र र संविधानको भावना विपरीत आएको दाबी गरे । पत्रकार सम्मेलनमा नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीभित्रको आन्तरिक विवादलाई समाधान गरी पार्टी एकढिक्का भएर अघि नबढे आगामी निर्वाचनमा पार्टीलाई ठूलो नोक्सानी हुने बताइन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण २५ २०७६०२:१२:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend