काठमाडौं – सर्वत्र कोरोना भाइरसको त्रास फैलिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रासबाट बचाउने उदाहरणीय काम गरेको छ ।
कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोनाबाट बच्ने उपायमध्येको मास्कको कालोबजारी रोक्न सक्रियता नदेखाएको बेला नेविसंघ सर्वसाधारणलाई मास्क वितरण गरेको छ ।
काठमाडौंको नयाँ वानेश्वर चोकमा नेविसंघको भ्याली इन्जिनियरिङ कलेजको आयोजनामा सर्वसाधारणलाई १ हजार मास्क निःशुल्क वितरण गरिएको नेविसंघका नेता दजाङ शेर्पाले बताए ।
‘नेविसंघको आफ्नै पहलमा थोरै भएपनि मास्कहरू निःशुल्क रुपमा वितरण गरेका छौं,’ नेता शेर्पाले भने, ‘कोरोना भाइरसबाट बच्ने उपाय र जनचेतनाका लागि मास्क वितरण गरिएको हो ।’ कम्युनिस्ट सरकारले सर्वसाधारणलाई निःशुल्क रुपमा मास्क वितरण गर्नुपर्ने भन्दै शेर्पाले सबैमा जनचेतना फैलाउनका लागि कार्यक्रम गरिएको बताएका छन् ।
मास्क वितरण र जनचेतना फैलाउने कार्यक्रममा नेविसंघकी महामन्त्री महेश्वरी कुँवर, नेविसंघका नेता दुजाङ शेर्पा, विवेक बस्नेत, अनुराग शाह, सञ्जीव खड्का, नेविसंघ नेपाल कमर्स क्याम्पसका सभापति सरोज तिमिल्सेना लगायतका विद्यार्थी नेताको उपस्थिति रहेको थियो ।

कांग्रेसकै भातृ संगठन तरुण दलले समेत कोरोनाको त्रासबाट बच्न सकिने गरी जनचेतना जगाउन देशभरका तरुण कार्यकर्तालाई आह्वान गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।