आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेकपा नेताले गरे कांग्रेस प्रवेश, चौतर्फी चर्चा

नेकपा नेताले गरे कांग्रेस प्रवेश, चौतर्फी चर्चा

  • आइतवार, फाल्गुण २५ २०७६

  • 6.9K
    SHARES

  • जुम्ला -  जुम्ला जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताले पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गुठीचौर गाउँपालिकाको वडा नम्बर २ मुरुल्लीका नेकपाका गाउँपालिका स्तरीय कमिटीका सदस्य गोपाल बुढाको नेतृत्वमा एक दर्जन स्थानीय कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेसमा प्रवेश गरेका बुढा स्थानीय तहमा लोकप्रिय मानिन्छन् । तत्कालीन एमालेमा रहेका बुढाले कम्युनिस्ट नेताहरूमा व्यक्तिवादी चरित्र हाबी भएको आरोप लगाएका छन् । कम्युनिस्टको नाममा जनतालाई झुठ बोल्नेदेखि भ्रमको खेती हुन थालेपछि आफूले नेकपा छाडेर कांग्रेस पार्टीमा प्रवेश गरेको बताएका छन् । उता, गुठीचौर गाउँपालिका वडा नम्बर ३, गर्ज्याङकोटका नेकपाका स्थानीय नेता कालीबहादुर बुढा, शेर बहादुर बुढा र मानबहादुर बुढापनि कांग्रेसमा प्रवेश गरेका छन् । नेकपाको साधारण सदस्यता परित्याग गरी उनीहरूले कांग्रेसको विकास, परिवर्तन र शुसासनमा आधारित राजनीतिमा आबद्ध भएको जनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण २५ २०७६०८:३९:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend