मोरङ्ग- मोरङ्गको पथरीशनिश्चरेमा रहेको इन्द्रकमल वास्कोटा प्रतिष्ठानले सामाजिक कार्यमा ल्याएको एम्वुलेन्स भाडामा दिएको खुलासा भएको छ ।
नेकपाका प्रदेश नम्वर १ का नेता समेत रहेका युवराज वास्कोटाको अगुवाइमा स्थापना भएको इन्द्रकमल वास्कोटा प्रतिष्ठानले भारतिय दुतावासले निशुल्क दिएको एम्वुलेन्स भाडामा दिएर चलाउने गरेको खुलासा भएको हो ।
बास्कोटाले नै तत्कालीन एमालेका नेता लाई आग्रह गरेर सो एम्बुलेन्स पथरीमा ल्याएका थिए । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि ओलीका निकट मानिने बास्कोटाले आफ्नै बुवा आमाको नाममा प्रतिष्ठान स्थापना गरेका हुन् । सो प्रतिष्ठानमा उनका आफन्त र नजिकका मान्छे सदस्य छ्न ।
४ वर्ष अघि भारतिय स्वतन्त्रता दिवसका अवसरमा कर छुट सहित प्रतिष्ठानले को २ च १२५ नम्वरको एम्वुलेन्स ल्याएको थियो । २६ अगष्ट २०१६मा भारतिय दुतावासले आयोजना गरेको कार्यक्रममा टाटाको सुमो गोल्ड एम्वुलेन्स प्रयोजनका लागी दिइएको थियो ।
२ वर्ष सम्म पथरीशनिश्चरेमा राखेर सेवा दिइए पनि २ वर्ष अघि वास्कोटाले सो एम्वुलेन्स विराटनगरको रुपा पराजुली ट्रष्टलाई भाडामा दिएका थिए ।
एम्वुलेन्स चालक संघका अध्यक्ष समेत रहेका रुपा पराजुली ट्रष्टका संन्चालक चन्द्र पराजुली लाई वार्षिक १लाख २५ हजार रुपयाँमा वास्कोटाले भाडामा दिएका हुन् ।
भारतिय दुतावासवाट अनुदानका रुपमा पाएको एम्वुलेन्स भाडामा दिएका वास्कोटाले सो एम्वुलेन्स संन्चालन गर्न नसकेरै भाडामा दिएको स्विकार गरेका छन् । ‘एम्वुलेन्स चलाउन नै धौ भयो वाध्य भएर भाडामा दिएको हो’उनले भने ।
त्यसो त एम्वुलेन्स संन्चालन गर्ने कार्यविधी विपरित वास्कोटाले एम्वुलेन्स भाडामा दिएको जानकारहरु वताउछन् ।
वास्कोटाले ल्याएको एम्वुलेन्स रुपा पराजुलीलाई भाडामा लगाए पनि सो ट्रष्टका संन्चालक चन्द्र पराजुलीले विराटनगरका चिमोरीया थरका व्याक्तिलाई एम्वुलेन्स भाडामा लगाएको बताइएको छ ।
एम्वुलेन्स संन्चालन निर्देशिका विपरित वास्कोटाले सामाजीक सेवामा लगाउनु पर्ने एम्वुलेन्स भाडामा लगाइएको हो । पथरीशनिश्चरेका लागी भनेर कर छुट सहित ल्याइएको एम्वुलेन्स विराटनगरको अस्पताल क्षेत्रमा संन्चालन गरिएको छ ।
तोकिएको स्थानमा एम्वुलेन्स संन्चालन गर्नु पर्ने कार्यविधी रहे पनि त्यसलाई लत्याउदै एम्वुलेन्स व्यापारका लागी प्रयोग गरिएको छ ।
ग्रामिण भेगमा संन्चालनका लागी ल्याइएको सो एम्वुलेन्स विराटनगरमा भाडामा दिएर वास्कोटाले कमाउने प्रयोजनमा प्रयोग गरिरहेको स्थानीयहरुले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।