आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

राजतन्त्र फर्काउन एकाएक यस्तो सहमति, कमल थापाले पाए साथ !

राजतन्त्र फर्काउन एकाएक यस्तो सहमति, कमल थापाले पाए साथ !

  • आइतवार, फाल्गुण २५ २०७६

  • 3.9K
    SHARES

  • काठमाडौं – पूर्व पञ्चहरूको पार्टी फुटको अढाई वर्षपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई समूह पार्टी एकीकरण गर्न सहमत भएका छन् । राजतन्त्र र हिन्दूराष्ट्र फर्काउने मुख्य उद्देश्यका साथ राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीच पार्टी एकीकरणको सहमति भएको हो । विभिन्न चरणका बैठक र छलफलपछि पार्टी एकीकरण गर्ने निर्णय गरिएको छ । काठमाडौंको लाजिम्पाटस्थित लप्सी गार्डेन होटेलमा शनिवार साँझ एकीकरण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र र सबै पक्षलाई चित्त बुझ्ने गरी साझा संस्थाका रूपमा राजसंस्था रहनुपर्ने सैद्धान्तिक मान्यतामा पार्टी एकीकरण भएको बताए । माघ दोस्रो साता एकीकरण गर्ने सहमति भएपनि अन्तिममा रोकिएको थियो । २०७३ फागुन ६ गते राप्रपा समूहहरुको एकता महाधिवेशन भएको थियो भने संसदीय निर्वाचनअघि २०७४ भदौ २२ गते पार्टी विभाजित भएका थिए । राप्रपा समूहमा स्थापनादेखि नै टुटफुटको शृंखला चल्दै आएको छ । एकीकरण सम्बन्धी सम्झौताअनुसार पार्टीमा थापा, राणा र लोहनी अध्यक्ष हुनेछन् । तीनै अध्यक्षको सहमतिका आधारमा केन्द्रीय समितिमा सदस्यको मनोनयन गर्ने सहमति भएको छ । राप्रपाको विधानलाई पार्टीको अन्तरिम विधान मानेर अघि जाने र ६ महिनापछि नयाँ विधान बनाउने सहमति भएको छ । सम्झौता अनुसार डेढ वर्षमा पार्टीको महाधिवेशन गरिने छ भने त्यतिन्जेल थापा, राणा र लोहनी तीनै जना पार्टी अध्यक्ष हुनेछन् । तीनैजना अध्यक्षको हैसियत समान हुने र बैठकको अध्यक्षता पनि त्यहीअनुसार गर्ने सहमति भएको छ । उनीहरू तीनैजना रहेको केन्द्रीय सचिवालय गठन गर्ने पनि सहमति भएको छ । राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले पार्टीको झण्डा राप्रपाले प्रयोग गरिरहेको हुनेछ भने चुनावचिह्न ६ महिनापछि टुंगो लगाउने सहमति पत्रमा तीनै अध्यक्षले हस्ताक्षर गरेका छन् । राप्रपाको चुनावचिह्न गाई र राप्रपा संयुक्तको हलो छ । चुनावचिह्नमा सहमति नभएर विगतमा एकता अड्किँदै आएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण २५ २०७६०१:२७:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend