आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रचण्डका कम्पनी कमाण्डर कांग्रेसमा प्रवेश, नेकपालाई ठूलो धक्का !

प्रचण्डका कम्पनी कमाण्डर कांग्रेसमा प्रवेश, नेकपालाई ठूलो धक्का !

  • शनिवार, फाल्गुण २४ २०७६

  • 8.4K
    SHARES

  • काठमाडौं – तत्कालीन नेकपा माओवादीका सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्व कम्पनी सहकमाण्डर अशोककुमार राई नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस सोलुखुम्बु–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेकपा सोलुखुम्बुका नेता समेत रहेका राई नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका हुन् । राईलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले पार्टी सदस्यता प्रदान गरी कांग्रेस पार्टीमा पूवेश गरेका छन् । नेपाली कांग्रेस सोलुखुम्बु–काठमाडौं सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतले सोलुखुम्बुको सोताङ निवासी राई तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धमा संलग्न भई प्रचण्डसँगै भूमिगत राजनीतिमा सहभागी भएका थिए । कांग्रेस पार्टी प्रवेश कार्यक्रममा बोल्दै राईले देशमा कम्युनिस्ट पार्टीको बहुमतको सरकार हुँदा पनि जनताले अपेक्षा अनुसार नतिजा देख्न नपाएको, इतिहासकै धेरै भ्रष्टाचार भएको गुनासो गरे । ‘अहिले देशमा हत्याहिंसा बढेको छ, बलात्कारीहरूलाई राजनीतिक संरक्षण गरी पीडितको घाउमा नुनचुक लगाउने कार्य कम्युनिस्टले गरेका छन्,’ राईले गुनासो गरे, ‘कम्युनिस्ट पार्टीसँग अब कुनै आशा नरहेकाले म लोकतन्त्रको धरोहर कांग्रेस पार्टीमा प्रवेश गरेको हुँ ।’ कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले कांग्रेसका नेताहरू अबको समयमा मिल्नुको विकल्प नभएको बताए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै केसीले केन्द्रदेखि स्थानीय तहसम्मका कांग्रेस नेताहरू मिलेर कम्युनिस्टलाई परास्त गर्नुपर्ने बताए । ‘दुईतिहाइको सरकार देशले पाएपनि जनताले अहिलेसम्म राहतको महसूस गर्न सकेका छैनन्,’ केन्द्रीय सदस्य केसीले भने, ‘स्थानीय तहदेखि केन्द्र सरकारसम्म नै भ्रष्टाचारमा चुर्लुम्म डुबिसकेकाले अब यो सरकारबाट देश र जनताले केही पनि पाउँदैनन् ।’ कार्यक्रममा महाकुलुङ घर भई हाल काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गरिरहेका कांग्रेसका क्रियाशील सदस्य गोठमान राईलाई सम्पर्क समितिका अध्यक्ष गोकर्ण बस्नेतले समितिको तर्फबाट १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । कार्यक्रममा कांग्रेस सोलुखुम्बुका नेता प्रकाशसिंह कार्की, महासमिति सदस्य खिलराज बस्नेत, तरुण दल सोलुखुम्बु सभापति तथा महाधिवेशन प्रतिनिधि अशोककुमार झा, भलाकाजी कुलुङ लगायत नेताको उपस्थिति रहेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण २४ २०७६०३:१३:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend