मुगु – नेपाली कांग्रेसको उम्मेदवार भएर मुगुको छायाँनाथ रारा नगरपालिकामा निर्वाचित मेयर हरिजंग शाहीविरुद्ध पूर्व एमालेबाट निर्वाचित उपप्रमुख सुन्तला रोकायाले अदालतमा मुद्दा दायर गरेकी छन् ।
मेयरलाई फसाउन षड्यन्त्र गर्दै उपमेयर रोकायाले नगरपालिकाबाट आफ्नो अधिकार खोसिएको भन्दै उच्च अदालत सुर्खेत इजलाश जुम्लामा मुद्दा दायर गरेकी छन् । मेयर शाहीले भने उपमेयरले काम नगरेर अप्ठ्यारो भएपनि आफूले विकल्प खोजेको जनाएका छन् ।
आर्थिक वर्ष २०७४ देखि हालसम्मका योजनाको अनुगमन गर्ने जिम्मा नगर उप्रमुखको भएपनि नगर प्रमुखले नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष चक्रबहादुर रावतको संयोजकत्वमा योजना अनुगमन समिति बनाएका थिए । आफ्नो अधिकार खोसिएको भन्दै न्यायको ढोकामा पुगेको उपमेयर रोकायाले शनिवार पत्रकार सम्मेलन नै गरेर आरोप लगाएकी छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ परिच्छेद ३ दफा १६ उपदफा ४ (ख) अनुसार उपप्रमुखको संयोजकत्वमा रहेको समितिले योजनाको अनुगमन तथा सुपरीक्षण गरी बोर्ड बैठकमा प्रतिवेदन पेश गर्ने व्यवस्था रहेको छ ।
नगर प्रमुख शाहीले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार उपप्रमुखलाई दिइएको अधिकार कसैले नखोसेको दाबी गरेका छन् । ‘उपमेयरले आफ्नो अधिकार प्रयोग गर्न नसक्दा सयौं योजनाको भुक्तानी लामो समयसम्म रोकिएपछि पुस २८ गते उपप्रमुखबाहेक अन्य ४ जना सदस्यले अनुगमन गरेर प्रतिवेदन दिएका योजनाको भुक्तानी दिने निर्णय भएको छ,’ मेयर शाहीले खुलासा गरे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।