आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेस नेता एनपी साउँद पत्नीको जोश : यसरी तम्सिइन् दुधे बालिकाको सहयोगमा

कांग्रेस नेता एनपी साउँद पत्नीको जोश : यसरी तम्सिइन् दुधे बालिकाको सहयोगमा

  • शुक्रवार, फाल्गुण २३ २०७६

  • 6.6K
    SHARES

  • काठमाडौं – नेपाली कांग्रेसका चर्चित नेता एनपी साउँदको गृहजिल्ला कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा केही दिनअघि भएको भण्डारी दम्पती हत्याकाण्डपछि टुहुरो बनेकी दूधे बालिकाको स्वास्थ्योपचार कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा भइरहेको छ । यसअघि भण्डारी दम्पतीको हत्यापछि बेसहारा बनेकी बालिकाको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । बालिकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेकी नेता साउँद पत्नी तथा विश्व हिन्दू महासंघकी वरिष्ठ उपाध्यक्ष ज्योत्सना साउँदले बालिकाको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई आग्रह गरेकी छन् । चिकित्सकसँग परामर्श गर्दै बालिकाको स्वास्थ्य अवस्थामा सुधार नआए थप उपचारका लागि काठमाडौं पठाउनुपर्ने उनले बताएकी छन् । ‘नानीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ । उपचारका क्रममा थप सुधान नआए काठमाडौं लगेर जाने विषयमा डाक्टरहरूसँग कुरा भएको छ । उहाँहरूले अहिले अन्यत्र लैजानुपर्ने स्थिति नभएको बताउनुभएको छ,’ उनले भनिन् । हिजोसम्म पूर्ण शिथिल रहेकी बालिका शुक्रबार चलमलाउन थालेकी र दूध खान थालेकी वरिष्ठ उपाध्यक्ष साउँदले बताइन् । उनले बालिकाको उपचारका लागि केही आर्थिक सहयोग समेत गरेको थिइन् । ‘नानीलाई स्वास्थ्य लाभको कामना गरेका छौं । अहिलेको प्राथमिकता भनेको नानीको स्वास्थ्य हो । नानीलाई सञ्चो भयो भने भोलि लालनपालन र शिक्षादीक्षाका कुराहरू त हामी हेर्छौं,’ उनले भनिन् । यसअघि फागुन १४ गते बुधबार बालिकाका आमाबुबाको हत्या गरिएको थियो । वरिष्ठ उपाध्यक्ष साउँदले हत्या घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई कानून बमोजिम कारबाही गर्नसमेत प्रहरी प्रशासनलाई आग्रह गरेकी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण २३ २०७६०४:०४:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend