काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले वीरगञ्ज चिनी कारखानाको स्वामित्वमा रहेको जग्गा बिक्री गर्ने निर्णय गरेपछि प्रदेश २ सरकारले संघीय सरकारविरुद्ध अदालतमा मुद्दा हाल्ने निर्णय गरेको छ ।
कारखानाको स्वामित्वको जग्गामध्ये ६ बिगाहा बिक्री गर्ने ओली सरकारको निर्णयविरुद्ध प्रदेश सरकार अदालत जाने भएको हो ।
प्रदेश सरकार मन्त्रिपरिषद्को शुक्रबारको बैठकले संघीय सरकारविरुद्ध अदालत जाने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बताए । बैठकले सार्वजनिक जग्गा प्रदेश मातहत हस्तान्तरणको लागि संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।
संविधानले नै सार्वजनिक जग्गा प्रदेश सरकार मातहत हुने ग्यारेन्टी गरेपनि जग्गा हस्तान्तरणमा संघीय सरकार चासो नलिएपछि प्रदेश सरकारले मन्त्रिपरिषद् निर्णयबाटै जग्गा प्राप्तिको पहल गरेको मन्त्री यादवले बताएका छन् ।
बैठकले कृषिसँग सम्बन्धित महत्त्वपूर्ण कार्यालयलाई संघ सरकारले आफ्नै मातहत राखेकाले कार्यालयहरू हस्तान्तरणको लागि पहल गर्ने निर्णय समेत गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।