आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आईतबारदेखि सबै विद्यालय अनिश्चितकालीन बन्द गर्न निर्देशन, परीक्षा रोकियो (सूचनासहित)

आईतबारदेखि सबै विद्यालय अनिश्चितकालीन बन्द गर्न निर्देशन, परीक्षा रोकियो (सूचनासहित)

  • शुक्रवार, फाल्गुण २३ २०७६

  • 8.5K
    SHARES

  • काठमाडौं – विश्वभर त्रासको रुपमा रहेको कोरोना भाइरसका कारण नेपालमा समेत विद्यालय बन्द गर्ने कि नगर्ने भनेर बहस भइरहेका बेला कैलालीको धनगढी उपमहानगरपालिकाले आईतबारदेखि सबै विद्यालय अनिश्चितकालका लागि बन्द गर्न निर्देशन दिएको छ । संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने १ देखि ९ कक्षासम्मका परीक्षा चैत ५ गतेभित्र सक्न निर्देशन दिएको थियो । तर धनगढी उपमहानगरपालिकाले परीक्षा रोकेर आईतबारदेखि नै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । धनगढी उपमहानगरपालिकाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उपमहानगर क्षेत्रका सबै माध्यमिक तहसम्मको शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गर्न निर्देशन दिएको छ । उपमहानगरपालिकामा निर्णय भएबमोजिम आईतबारदेखि लागू हुने गरी शैक्षिक संस्था बन्द गर्ने भनिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस उपमहानगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरु लगायत सम्पूर्ण शिक्षण संस्थामा आधारभूत तथा विद्यालयका आन्तरिक परीक्षा लगायत पठनपाठनका सम्पूर्ण क्रियाकलापहरु अर्को सूचना नभएसम्म मिति २०७६/११/२५ गतेदेखि लागू हुने गरी बन्द गर्ने निर्णय गरिएको ब्यहोरा सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक र आम नगरवासीमा जानकारी गराइन्छ ।’ संघीय सरकारले कोरोना भाइरस संक्रमणको त्रासका कारण विद्यालयलाई छिटो परीक्षा सम्पन्न गराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो । कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार रक्षा मन्त्रालयमा बसेको बैठकले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई कोरोना संक्रमण छिटो हुनसक्ने भएकाले छिटो परीक्षा सम्पन्न गराउन मन्त्रालयलाई निर्देशन दिएको सार्वजनिक भएको थियो । सरकारको निर्देशन अनुसार सामुदायिक तथा निजी स्कूलले फागुन २८ गतेदेखि नै वार्षिक परीक्षा गर्ने तयारी गरेका बेला धनगढी उपमहानगरले विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण २३ २०७६०१:५९:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend