आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

देउवाले गरे ११ जना नेता कांग्रेसको केन्द्रीय सदस्यमा मनोनीत, यी हुन् भाग्यमानीहरु

देउवाले गरे ११ जना नेता कांग्रेसको केन्द्रीय सदस्यमा मनोनीत, यी हुन् भाग्यमानीहरु

  • शुक्रवार, फाल्गुण २३ २०७६

  • 4.1K
    SHARES

  • काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ११ जना नेताहरू केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । सभापति देउवाले शुक्रबार विज्ञप्ति जारी गरेर विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् । केन्द्रीय सदस्य मनोनीत हुनेमा रामजनम चौधरी (कैलाली), मोहम्मद नसिर सिद्धिकी (सिराहा), भारतेन्दुकुमार मल्लिक (झापा), हेमराज तातेड (सप्तरी), डा. श्री गोपाल दहित (बर्दिया), मंगलप्रसाद थारु (बर्दिया), योगेन्द्र चौधरी (दाङ्ग), हरिप्रसाद न्यौपाने (मोरङ्ग), सुमित्रा थरुनी (सुनसरी), कल्पना चौधरी (सुनसरी) र पवनकुमार सारडा (मोरङ्ग) रहेका छन् । ‘नेपाली कांग्रेस पार्टीमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन गर्नका लागि गरिएको सहमति अनुसार, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ (१०) (ग) बमोजिम नेपाली कांग्रेस पार्टीमा प्रचलित नेपाल कानून बमोजिम एकीकृत भएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका एघार जना सदस्यलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा समायोजन गर्ने गरी निर्णय गरेको र उक्त निर्णय अनुसार पार्टी सभापति श्री शेरबहादुर देउवाद्वारा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका देहाय बमोजिमका सदस्यहरुलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गर्नु भएको छ’, विज्ञप्तिमा भनिएको छ । तत्कालीन नेपाल लोकतान्त्रिक फोरम लगायत अन्य राजनीतिक दलको सांगठनिक संरचना समायोजनका लागि पार्टीद्वारा गठित समायोजन समितिको बैठकको निर्णयबाट यस सम्बन्धमा सिफारिस गरिएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण २३ २०७६१२:३३:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend