आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

माधव नेपालले गरे कम्युनिस्ट पार्टी नटिक्ने घोषणा

माधव नेपालले गरे कम्युनिस्ट पार्टी नटिक्ने घोषणा

  • शुक्रवार, फाल्गुण २३ २०७६

  • 5.1K
    SHARES

  • काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जनतालाई खुशी पार्न नसके कम्युनिस्ट पार्टी नटिक्ने घोषणा गरेका छन् । मदन भण्डारी फाउन्डेसन सामाजिक अभियान विभागले काठमाडौंमा आयोजना गरेको ‘मदन भण्डारी छलफल शृंखला–५, नेपाली कम्युनिस्ट आन्दोलनमा जनताको बहुदलीय जनवाद’ कार्यक्रममा बोल्दै नेता नेपालले कम्युनिस्ट पार्टी रहनको लागि जनता खुशी हुनुपर्ने स्पष्ट पारे । ‘देशका जनतालाई खुशी पार्न सकिएन भने त्यो समाजवाद पनि टिक्दैन, कम्युनिस्ट पार्टी पनि टिक्दैन, त्यो लोकप्रिय पनि हुँदैन,’ नेता नेपालले भने, ‘जुन आफ्नो समाजमा जनताको बीचमा जनताको मन र भावनालाई जित्न सक्नुपर्छ, त्यो मन र भावनालाई बुझ्नलाई फेरि पनि मूल कुरा भनेको उही जनता नै केन्द्र हो ।’ २१ औं शताब्दीको जनवादले प्रतिस्पर्धामा श्रेष्ठताको सिद्धान्तलाई अंगिकार गरेको समेत उनले बताए । कम्युनिस्ट पार्टीका नेताले सर्वहारा वर्गको नारा दिएर मात्र नहुने र आफूलाई प्रतिस्पर्धामा श्रेष्ठता कायम गर्न सक्नुपर्ने बताए । समाजवादका राम्रा पक्षलाई लिएर पश्चिम युरोपका केही मुलुकले ठूलो उपलब्धि हासिल गरिसकेको तर समाजवाद मान्नेहरूले पूँजीवादका राम्रा पक्षलाई लिन नसक्दा अझै पनि संघर्ष गरिरहनुपरेको उनले बताएका छन् । ‘जनतासँग एकाकार हुनु, जनताको भाषा बुझ्नु र बोल्नु जनताको भावनासँग सधैं जोडिनु र सम्मान गर्नु, जनतालाई सचेत जाग्रित, संगठित र परिचालित गर्नु जनतामाथि असिम भरोसा गर्नु नै जनताको बहुदलीय जनवादको मूल पक्ष हो,’ उनले भने । सुनसान र स्तब्ध निरास वातावरणबीच उत्पन्न द्विविधालाई समाप्त पार्दै जबज लाइटहाउसको रुपमा विकास भएको उनले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण २३ २०७६१२:५०:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend