आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना त्रास : काठमाडौंबाट भागेका व्यक्तिलाई श्रीमतीले हात तानेर पुर्‍याइन् अस्पताल

कोरोना त्रास : काठमाडौंबाट भागेका व्यक्तिलाई श्रीमतीले हात तानेर पुर्‍याइन् अस्पताल

  • बिहिवार, फाल्गुण २२ २०७६

  • 4.4K
    SHARES

  • काठमाडौं – राजधानी काठमाडौंको टेकु अस्पतालको आइसोलेसन वार्डबाट भागेका व्यक्ति घर पुगेपछि श्रीमतीले हात तानेर फेरि अस्पताल पुर्‍याएकी छ । रोजगारी गरेर दक्षिण कोरियाबाट फर्केका ती व्यक्ति कोरोना भाइरसको आशंकामा बुधवार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए । तर उनी राति नै भागेर घर पुगे । घर पुगेपछि उनलाई श्रीमतीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा भर्ना गरेकी छन् । उनी काठमाडौंको अस्पतालबाट बुधवार राति भागेपछि अस्पतालले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले खोजी गर्दा उनी धरानस्थित घर पुगेको पाइएको थियो । ईलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डीराज न्यौपानेले ती व्यक्तिलाई श्रीमतीले अस्पताल भर्ना गरेको पाइएको बताए । ‘उहाँ आज दिउँसो १ बजे विराटनगर ल्यान्ड भएर धरान आउनुभएको रहेछ । घर आएपछि श्रीमतीले फेरि अस्पताल ल्याउनुभएको रहेछ,’ डीएसपी न्यौपानेले भने, ‘उहाँलाई बीपी कोइराला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ । जाँच गर्दा उहाँमा ज्वरो, रुघाखोकी केही समस्या नदेखिएपनि चिकित्सकले टेकुमा आइसोलेसनमा राखिएकाले यहाँ पनि आइसोलेसनमै भर्ना गरिएको छ ।’ विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा समेत सर्वसाधारणमा त्रास देखिएको छ । सरकारले समेत कोरोना भित्रिन नदिने गरी सचेत हुन सर्वसाधारणलाई आह्वान गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण २२ २०७६०२:२९:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend