आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

'ह्वाट गाँधी मिन्स टू मी' नामक पुस्तक राजदूत क्वात्रालले दिए उपहार

'ह्वाट गाँधी मिन्स टू मी' नामक पुस्तक राजदूत क्वात्रालले दिए उपहार

  • बिहिवार, फाल्गुण २२ २०७६

  • 6.2K
    SHARES

  • काठमाडौँ -  भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनीतिक एवं आध्यात्मिक विश्व प्रख्यात नेता मोहनदास करमचन्द गान्धीको बारेमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको लेख समेटिएको एक पु्स्तक नेपालका लागि नव नियुक्त भारतीय राजदूत विनय मोहन क्वात्राले उप–राष्टपति नन्द बहादुर पुन, उप–प्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई उपहार स्वरूप दिएका छन्। भारतीय राजदूत क्वात्राले औपचारिक रूपमा गरेको छुट्टा छुट्टै शिष्टाचार भेटवार्तामा उप–राष्टपति पुन, उप–प्रधान तथा रक्षामन्त्री पोखरेल र परराष्ट्रमन्त्री ज्ञवालीलाइ  'ह्वाट गाँधी मिन्स टू मी' नामक पुस्तक उपहार स्वरूप दिएका हुन्। आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाण पत्र भारतीय राजदूत क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरे लगत्तै उप-राष्ट्रपति पुन, उप–प्रधानमन्त्री पोखरेल र परराष्ट्रमन्त्री ज्ञवालीसँग औपचारिक शिष्टाचार भेटवार्ताको क्रममा 'ह्वाट गाँधी मिन्स टू मी' नामक पुस्तक दिँदै नेपाल भारतको सम्बन्ध थप उचाइमा पर्याउने बताए। यो पुस्तक प्रमुख लेखकहरूको एक संकलन हो। भारतीय राजदूत क्वात्रा नेपालका लागि २५औं राजदूत हुन्। डिसेम्बर २०१९ मा पूर्वराजदूत मञ्जीव सिंह पुरीको कार्यकाल पूरा भएपछि क्वात्रा नयाँ राजदूतको रुपमा नियुक्त भएका थिए। भारतीय विदेश मन्त्रालयले गत जनवरी ३० मा नै क्वात्रालाई नेपालका लागि राजदूत नियुक्तिको निर्णय सार्वजनिक गरेको थियोे । तीन दशकदेखि भारतीय विदेश सेवामा कार्यरत क्वात्राले संयुक्त राष्ट्रसंघ, अमेरिका, चीन, फ्रान्सजस्ता शक्ति राष्ट्रमा सफलतापूर्वक काम गरेका छन् । उनी भारतमा एक अनुभवी र चतुर कुटनीतिज्ञका रुपमा चिनिन्छन् । क्वात्राको अनुभवले उनको कार्यकालमा नेपाल भारत सम्बन्ध थप उचाईंमा पुग्ने विश्वास गरिएको छ । नेपालसँग थाँती रहेका मुद्दाहरु समेत उनको कार्यकालमा अघि बढ्ने र टुंगोमा पुग्ने आंकलन गरिएको छ । क्वात्राले २००६ देखि २०१० सम्म नेपालको सार्क सचिवालयमा व्यापार, अर्थव्यवस्था र वित्त ब्यूरोको प्रमुखको रूपमा प्रतिनिधित्व गरेका थिए। यसअर्थमा उनी नेपालसँग पहिलेदेखि नै परिचित छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण २२ २०७६१२:५६:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend