काठमाडौं– रंगको पर्व फागुपूर्णिमा(होली)मा लगातार ४ दिन विदा हुने भएको छ । फागुन २४ गते शनिबार सार्वजनिक विदा, २५ गते नारी दिवस परेको छ । २६ गते पहाडी जिल्लामा होली पर्व सार्वजनिक विदा दिइएको छ ।
त्यस्तै २७ गते तराईमा होली पर्व भएकाले सार्वजनिक विदा परेको छ । होलीमा प्रदेश नम्बर २ को सरकारले भने लगातार २ दिन नै विदा दिने निर्णय गरेको छ । केन्द्रीय सरकारले होलीमा एक दिन फागुन २६ गते सार्वजनिक बिदा दिने गरेको छ ।
प्रदेश सरकारले होली पर्वको अवसरमा फागुन २७ र २८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।