काठमाडौँ- बंगलादेशको गुणस्तर तथा परीक्षण निकाय बीएसटीआईले पाकिस्तानी फेयरनेस क्रिममा पारोजस्ता हानीकारक पदार्थको मात्र उच्च पाएपछि यस्ता ८ क्रिमहरुमा प्रतिबन्ध लगाएको छ ।
न्यु फेस क्रिम अफ क्यूसी इन्टरनेसनल, ड्यु अफ क्रिएटिभ कस्मेटिक्स्, गोल्डेन पिरल अफ गोल्डेन पिरल कस्मेटिक्स्, ह्वाइट पिरल प्लस अफ ह्वाइट पिरल कस्मेटिक्स्, फिजा अफ पुण्य ब्रदर्स, नूर अफ नूर गोल्ड कस्मेटिक्स् लगायतका क्रिमहरु खतरनाक मानिएको छ ।
बीएसटीआईले यस्ता सामानको आयात र अनलाइनसहितका प्रकारबाट विक्री गर्न प्रतिबन्ध लगाएको हो । निकायको प्रमाणपत्र विभागका सहायक निर्देशक अब्दुल हानिफले बंगलादेशको बीडी न्यूज २४ लाई दिएको जानकारी अनुसार सरकारका अन्य निकायसँग सहकार्य गरी यस्ता उत्पादनविरुद्ध थप कदम चालिनेछ ।
समाचारका अनुसार बीएसटीआईले गत महिना अनलाइन सपिङ साइट दराजसहित बजारबाट यस्ता १३ सामानको नमूना अध्ययन गरेको थियो ।
अध्ययनका क्रममा ६ वटा यस्ता सामानमा मानव स्वास्थ्यलाई हानि गर्ने पारोसहित हाइड्रोकिनोनको मात्र उच्च रहेको भेटिएको थियो ।
लामो समयसम्म कसैले यस्ता सामानको प्रयोग गरेमा त्यस व्यक्तिमा छालासम्बन्धी रोग लाग्ने अध्ययनले देखाएको थियो ।
सामानमा हानिकारक पदार्थ भेटिएसँगै यस्ता समान विक्री नगर्न अनलाइन सपिङ साइट दराजलाई चेतावनी दिइएको छ ।
यता दराजले भने आफूले यस्ता सामानको उत्पादन गर्ने नभई विक्रीमात्र गर्दै आएको प्रतिक्रिया दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।