आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अवैध रुपमा काम गरिरहेका आठ जना चिनियाँ नागरिक पक्राउ

अवैध रुपमा काम गरिरहेका आठ जना चिनियाँ नागरिक पक्राउ

  • बुधवार, फाल्गुण २१ २०७६

  • 3.6K
    SHARES

  • काठमाडौँ- गोरखामा अबैध रुपमा काम गरिरहेका आठ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । नौलोनेपाल हाइड्रोपावर कम्पनीअन्तर्गत अपरबूढीगण्डकी जलविद्युत आयोजनामा काम गरिरहेका आठजनालाई सोमबार नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिएका छन् । पक्राउ पर्नेमा ट्याङ गुवाङलिन, ट्याङ डाक्वीङ, ट्याङ जुन, ट्याङ जियानहुवा, ट्याङ युजेन, याङ चुन, याङ जियाचुन र लिङ्घु केशेङ रहेका छन् । उनीहरु सबैलाई आरुघाट गाउँपालिका वडा नं. ३ सोती भन्ने ठाउँमा काम गरिरहेको अबस्थामा नियन्त्रणमा लिइएको उनीहरुलाई सोमबार साँझ नै अध्यागमन बिभागमा पठाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । यसअघि नौलो नेपाल हाइड्रोपावर कम्पनीले १५ जनाभन्दा धेरै चिनियाँ नागरिकलाई कामदारको रुपमा ल्याएको थियो । ‘यसअघि पनि उनीहरुले आधिकारिक कागजपत्र बिना काम गरेको भन्ने जानकारी आएको थियो । हामीले तत्काल आवश्यक कागजपत्र जुटाउन आग्रह गरेका थियौं’, प्रजिअ पौडेलले भने, ‘तर कागजपत्र जुटाउनुको साँटो कोहीले काम छोडेर भागिसकेछन् आठ जना भने अझै काम गरिरहेका रहेछन् । त्यसैले नियन्त्रणमा लिएका हौं । सबैलाई अध्यागमन बिभागको जिम्मा लगाउँछौं ।’ कतिपयसँग पर्यटन भिजा रहेको, तर काम गर्न पाउने कागजात नभएको र कतिपयसँग भने भिजा नै नभएको भेटिएको उनले बताए । एकहप्ताअघि नै सचेत गराउँदा पनि अटेरी गरेकाले नियन्त्रणमा लिइएको एसपी अधिकारीले जानकारी दिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २१ २०७६०२:०८:४४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend