काठमाडौं – नेकपाका चर्चित नेता भीम रावलको गृहजिल्ला अछामबाट निर्वाचित नेकपा सांसद अक्कलबहादुर रावल बलात्कार दुष्प्रयासको आरोपमा पक्राउ परेका छन् ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य रहेका रावललाई प्रहरीले धनगढीबाट पक्राउ गरेको हो ।
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीकी विवाहित महिलाले सांसद रावलमाथि बलात्कारको आरोप लगाउँदै १ हप्ताअघि प्रहरीमा उजुरी दिएकी थिइन् । महिलाको उजुरीका आधारमा रावल पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले पक्राउ पूर्जी जारी भएपछि रावल आफैं प्रहरीमा आएकाले अनुसन्धानका लागि हिरासतमा राखिएको बताए । रावल तत्कालीन नेकपा एमालेबाट अछाम प्रदेशसभामा विजयी भएका थिए । रावल अछाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भएका थिए । उनी नेकपा संसदीय दलका सचेतक समेत हुन् ।
दलका सचेतक नै बलात्कार काण्डमा मुछिएर पक्राउ परेपछि सुदूरपश्चिममा नेकपालाई धक्का लाग्ने देखिएको छ । पीडित महिलाले भने राजनीतिक पहुँचका आधारमा रावलले उन्मुक्ति पाउने हुन् कि भन्ने आशंका समेत गरेको प्रहरी स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।