काठमाडौं– नेकपा सांसद नवराज सिलवालका दाहिने हात मानिएका लेखराम महर्जन जेल चलान भएका छन्।
ललितपुरका ठग भनेर कहलिएका महर्जन ठगी केशमा १ बर्षका लागि नख्खु जेल चलान भएका हुन्।
महर्जन गएको २०७४ सालको चुनावमा सांसद सिल्वालको वडिगार्ड थिए।
महर्जन विरुद्ध दर्जनौं गठीका मुद्दा अदालतमा परेको थियो। महर्जनलाई ललितपुरको ठेचोमा लुकिरहेको अबस्थामा ललितपुर केरकारले पक्राउ गरेको थियो।
महर्जन २०७० सालमा ज्यान मार्ने उद्योगमा १ बर्ष जेल परेका थिए। महर्जनको पेशा भनेकै गुन्डागर्दी र ठग्दै हिड्ने हो।
महर्जन पटक पटक पक्राउ पर्दा उनै सांसद सिल्वालको दवाबले छुट्दै आएका थिए।
महर्जनलाई पक्राउ गर्दा ललितपुर प्रहरीले पत्रकार सम्मेलन गर्ने तयारी गरेको थियो तर सिलवालकै दवाबमा प्रहरीले पत्रकार सम्मेलन नगरि अदालतमा उपस्थित गराएको थियो।
https://mediadabali.com/news/116111/
https://mediadabali.com/news/116165/?
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।