आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेसले गर्यो बोल्ड निर्णय, देशभरिका कार्यकर्तामा उत्साह

कांग्रेसले गर्यो बोल्ड निर्णय, देशभरिका कार्यकर्तामा उत्साह

  • बुधवार, फाल्गुण २१ २०७६

  • 5.3K
    SHARES

  • काठमाडौं - नेपाली कांग्रेसले पाँच लाख क्रियाशील सदस्यहरूलाई पार्टीको सांगठिनक विकास र सुदृढीकरणको विषयमा आधारभूत तालिम दिने भएको छ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले चैत मसान्तभित्र देशभरिका सबै क्रियाशील सदस्यहरूलाई प्रशिक्षण दिनेछ । प्रतिष्ठानका प्रमुख उपसभापति विमलेन्द्र निधिको अध्यक्षतामा मंगलबार बसेको प्रतिष्ठानको बैठकले क्रियाशील सदस्यहरूलाई प्रशिक्षण दिने निर्णय गरेको हो । पार्टीको विधान र नियमावली अनुसार, जिल्ला उपसभापति जिल्लास्तरीय प्रशिक्षण प्रतिष्ठानको संयोजक रहने व्यवस्था छ । प्रतिष्ठानले बुधबार सबै जिल्ला उपसभापतिहरूसंग पार्टी मुख्यालय सानेपामा संगठन, क्रियाशील सदस्यता वितरणको प्रक्रिया लगायतका विषयमा छलफल गर्नेछ । प्रतिष्ठानका प्रमुखसंगको छलफलपछि जिल्लास्तरीय प्रशिक्षण प्रतिष्ठान प्रमुखसमेत रहेका जिल्ला उपसभापतिहरूले आगामी चैत १५ गते ७७ जिल्ला र १६५ निर्वाचन क्षेत्रमा १० हजार क्रियाशील सदस्यहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम दिने कार्यक्रम तय गरिएको कांग्रेसले जनाएको छ । प्रत्येक जिल्लामा त्यसमा पनि एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लाको हकमा दुई प्रदेश सभा र एकभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाको हकमा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र गरी २ सय स्थानमा प्रतिनिर्वाचन क्षेत्र ५० जनाका दरले १० हजार जनालाई प्रशिक्षक प्रशिक्षण तालिम दिइनेछ । ती १० हजार प्रशिक्षकले चैत मसान्तभित्रै सबै जिल्ला र स्थानीय तहमा करीव ५ लाखको हाराहारीको संख्यामा रहेका सम्पूर्ण क्रियाशील सदस्यलाई प्रशिक्षण दिनेछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २१ २०७६०५:४४:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend