काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री जनार्दन शर्मा बिरामी भएका छन् ।
रुघाखाकीको संक्रमणले सताएपछि उनी निजी निवासमै आराम गरेर बसेका जनाइएको छ ।
शर्माको सचिवालय स्रोतका अनुसार उनले केही दिन भेटवार्ता र सार्वजनिक कार्यक्रममा सहभागिता नजनाउने भएका छन् ।
यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत बिरामी भएका समाचार सार्वजनिक भएका थिए । मौसमी रुघाखोकी लागेपछि प्रचण्ड समेत निजी निवास खुमलटारमै आराम गरेर बसेका छन् भने उनले समेत राजनीतिक भेटघाट र कार्यक्रम बन्द गरेका छन् ।
नेकपा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मिर्गाैला पुनः प्रत्यारोपण गर्न सोमबारदेखि अस्पताल भर्ना भएका छन् । बुधबार ओलीको मिर्गाैला प्रत्यारोपण हुने कार्यक्रम रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।