आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

यसरी गाँजाको पछि लागे कम्युनिस्ट सांसद केशव स्थापित, यतिसम्म गरे !

यसरी गाँजाको पछि लागे कम्युनिस्ट सांसद केशव स्थापित, यतिसम्म गरे !

  • मंगलवार, फाल्गुण २० २०७६

  • 6.4K
    SHARES

  • हेटौंडा – पटक–पटक चर्चामा आउने बाग्मती प्रदेश सभाका कम्युनिस्ट सांसद केशव स्थापित फेरि गाँजाको पछि लागेका छन् । यसअघि समेत गाँजा खुला गर्नुपर्छ भनेर वकालत गर्दै आएका प्रदेश सांसद स्थापितले मंगलवार गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता भएका छन् । स्थापितले गैरसरकारी विधेयकको रुपमा सोमवार बाग्मती प्रदेश सभामा विधेयक दर्ता गरेका छन् । यसअघि प्रतिनिधि सभामा कम्युनिस्ट सांसद तथा पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले समेत गाँजा खुला गर्न गैरसरकारी विधेयक दर्ता गराएका छन् । स्थापितले प्रदेश सभामा दर्ता गराएको विधेयक सचिवालयमा ५३ नम्बरमा दर्ता भएको छ । प्रदेश सांसद स्थापितले औषधिको रुपमा प्रयोग गर्न सकिने गाँजालाई आम्दानीको स्रोत बनाउने बाटो खुला गर्न विधेयक दर्ता गरेको बताएका छन् । गाँजा विधेयक सातै प्रदेश सभामा दर्ता गर्ने तयारी भइरहेको उनले बताए । समृद्ध नेपाल र सुखी नेपालीको नारालाई यसैपालि सार्थक बनाउन व्यवस्थित र नियमनकारी निकाय गठन गरेर सरकारले खेतीलाई वैधानिकता दिनुपर्ने स्थापितको माग छ । बाग्मती प्रदेशका १३ वटै जिल्ला गाजाखेती हुने भएकाले प्रदेश सभामा पनि विधेयक दर्ता गरिएको सांसद स्थापितले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २० २०७६०१:५०:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend