ओखलढुंगा – कम्युनिस्ट पार्टी र सरकारले जनतालाई प्रलोभनमा पार्न भयंकर चलाखी गरिरहेको नेपाली कांग्रेसका युवा नेता एवं पूर्व सांसद रामहरि खतिवडाले खुलासा गरेका छ ।
कम्युनिस्टले कांग्रेस सरकारका पालामा बनेका कामलाई रिबन काट्दै आफूले विकास गरेको बताउँदै जनतालाई झुक्याउने काम गरिरहेको नेता खतिवडाले खुलासा गरेका छन् ।
ओखलढुंगा जिल्लामा सोमवार आयोजित कार्यक्रममा बोल्दै खतिवडाले विकास गर्न विकासका योजना र बजेट भित्र्याउनुपर्नेमा रिबन काटेर मात्रै विकास नहुने बताए ।
‘हाम्रा केही जनप्रतिनिधिहरू रिबन काट्न गोजीमा कैंची बोकेर हिँड्नुहुन्छ,’ उनले भने, ‘रिबन काट्ने रहर छ भने विकासका कार्यक्रमहरू ल्याउनुपर्छ । बजेट पर्याप्त भित्र्याउन सक्नुपर्छ ।’
सत्ता आफ्नै दलको हुँदा पनि ओखलढुंगा जिल्लाबाट निर्वाचित भएर गएका जनप्रतिनिधिले काम गर्न नसकेको नेता खतिवडाले आरोप लगाएका छन् । नेता खतिवडाले ओखलढुंगाको विकासमा पर्यटनको ठूलो भूमिका रहेको बताउँदै त्यसका लागि प्रचारप्रसार गर्नुपर्ने उनले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।