आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अस्पताल छिर्नुअघि ओलीले जनताका नाममा दिएको त्यो सन्देश !

अस्पताल छिर्नुअघि ओलीले जनताका नाममा दिएको त्यो सन्देश !

  • सोमवार, फाल्गुण १९ २०७६

  • 4.5K
    SHARES

  • काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गाैला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि जनताका नाममा सन्देश जारी गरेका छन् । ओलीले जारी गरेको भिडियो सन्देशमा पुनः मिर्गौला प्रत्यारोपणपछि थप ऊर्जा लिएर काममा आउने विश्वास व्यक्त गरेका छन् । त्रिवि शिक्षण अस्पतालमा सोमवार भर्ना हुनुअघि जारी गरिएको भिडियो सन्देशमा ओलीले स्वास्थ्यलाई लिएर ढुक्क रहन सबैमा आग्रह गरेका छन् । प्रत्यारोपणका क्रममा केही दिनको अस्पताल बसाइ र आरामपछि थप ऊर्जा र आत्मविश्वासका साथ काममा फर्किने ओलीले जनाएका छन् । सोमवार अस्पताल भर्ना भएका ओलीको बुधवार मिर्गौला प्रत्यारोपण हुने भएको छ । ओलीलाई उनकी भान्जीले मिर्गौला दिनेछिन् भने वैकल्पिक रुपमा नातिनी र भान्जाको मिर्गाैलाको समेत विकल्प राखिएको छ । भिडियो सन्देशमा ओलीले आफूले जगाएका सपनाहरूलाई बीचमा छाडेर अलप नहुने समेत बताएका छन् । ‘संसारमा कोही पनि अजम्बरी छैन । मेरो यो संकल्प पनि अजम्बरी बन्न होइन । हाम्रा जागृत हुँदै गरेका सपनाहरूलाई साकार पार्न हो,’ उनले भनेका छन् । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘विश्वलाई नै पिरोलिरहेको कोरोना भाइरसका कारण सिर्जित नयाँ समस्या होस् वा भैपरि आउने कुनै पनि विषय होस्, त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न परेको समयमा आवश्यक निर्णय लिनसक्ने संयन्त्र र अन्य व्यवस्था मिलाएको छु ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, फाल्गुण १९ २०७६०१:५६:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend